back
CTIZAN AD

वर्षौँदेखि बाँझो रहेको पाँचपोखरीको जमिनलाई यसरी प्रयोगमा ल्याइयो

वि.सं.२०७९ साउन ४ बुधवार

720 

shares

सिन्धुपाल्चोक । पाँचपोखेरी थाङ्पाल गाउँपालिकाका वर्षौँदेखि बाँझो रहेका जमिन विभिन्न खेतीकार्यको लागि प्रयोगमा ल्याइएको छ । पुरानै शैलीको खेती गर्ने प्रणाली, जङ्गली जनावरको समस्याका कारण बाँझोे रहेका जग्गामा अहिले परिवेश सुहाउँदो बाली लगाउन थालेपछि राम्रो उत्पादन हुन थालेको छ । जसले गर्दा किसान खुसी छन् ।

देश सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले बाँझो रहेका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउने सङ्कल्प गरेका थिए । त्यसको ज्वलन्त उदाहरण बनेको छ पाँच पोखरी थाङ्पाल गाउँपालिका । स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमा पाँच पोखरी थाङ्पाल गाउँपालिकाले परिवेश विश्लेशण तथा रणनीति कार्ययोजना तयार गरेर किसानको विवरणसहित खेती भइरहेको जग्गा र बाँझो जमिनको विवरण सङ्कलन तयार गरेको थियो ।

जग्गा बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्न र युवालाई कृषि पेशामा परिचालन गर्न स्थान विशेषका व्यावसायिक कृषि बाली बस्तुको पहिचान गरी किसानलाई विशेष अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमख निमराज गिरीले जानकारी दिए । अहिले कृषि कार्यमा लगानी गरेअनुसार किसानले उपलब्धि हासिल गरेका छन् । यस गाउँपालिकाका मुख्य स्थानीयवासी नगदेबालीमा आलु, किबीफल, अलँैची, चिया, कफी, अदुवा बेसार र तरकारीबाली पर्ने कृषि प्राविधिक सङ्गीता दुलालले बताइन् ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का किसान देवबहादुर स्याङबोले किबी फलफूलखेती, सुन्तलाजात फलफूल खेती र तरकारी खेती गर्दै आएको तीन वर्ष भयो । उनकोे दैनिकी अहिले बारीको गोडमेल र सरसफाइ गरेरै बित्छ । चार÷पाँच वर्षदेखि कृषिमा लागेका स्याङ्बोले विभिन्न सङ्घ संस्था र गाउँपालिकाको विभिन्न तालिमबाट प्रभावित भई किबी, फलफूल तथा घरको बगैँचाको सझावटसम्म पुगेको बताए ।

“सुरुमा बार बन्देजको सकस भयो बाँसको थाँक्रा बनाए, एक वर्ष पनि टिकेन, त्यसपछि भोताङ पशुपालन किसान समूहलाई जानकारी गराए समूहले गाउँपालिकाबाट किबी खेतीको व्यवस्थापनको लागि सिँचाइ, टि बार र थप बिरुवा पनि सहयोग पाए, कृषि शाखाबाट स्याउँका ५० बिरुवा पाए सबै बिरुवा सरेका छन्”ा, खुसी हुँदै स्याङ्बोले सुनाए । पहिलाको वर्ष भन्दा यसपाली असिना हावाहुरी कम आएकाले किबी फल पनि अत्यधिक फलेको उनको भनाइ छ । अन्दाजी १०/१२ वटा बिरुवाबाट ६०/७० हजार बराबरको फल बिक्री गर्न सकिने अनुमान उनको छ ।

वि.सं.२०७९ साउन ४ बुधवार १६:५१ मा प्रकाशित

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...