काठमाडौं । कुमारी बैंक र लमही, दाङ्गस्थित होटेल ए-१ लभली स्टारबीच बैंकका ग्राहकहरुलाई होटेल ए-१ बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
बैंकले यस सहकार्य मार्फत होटेल ए-१का विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।
बैंकका अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५% र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्ने छन् । बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको जनाएको छ ।
वि.सं.२०७९ साउन ४ बुधवार १६:४८ मा प्रकाशित





























