काठमाडौं । नेपालमा आज कोरोनाबाट थप ३९१ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,९८१ नमुना परीक्षणमा ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ३९१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८२ हजार ४०२ पुगेको छ ।
त्यसैगरी आज ४६ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६८ हजार १७२ रहेको छ ।
नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ रहेको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा २२७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २१४३ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १३३, आइसीयुमा २१ जनाको उपचार भइरहेको छ । केही समययता आइसीयुमा उपचार गराउनेको संख्या पनि बढेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५१५ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७९ साउन ४ बुधवार १९:०२ मा प्रकाशित






























