back
CTIZAN AD

मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ

वि.सं.२०७९ साउन ४ बुधवार

633 

shares

काठमाडौं । मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको आज देखि शुभारम्भ भएको छ । नायिका तथा स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्को कम्प्लेक्स ग्वार्कोमा स्टोरको एक समारोह बीच उद्घाटन गरेकी हुन्।

स्टोरका अनुसार उक्त समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरिन् ।

त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताए । “नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौं,” उनले भने ।

स्टोरका अनुसार सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन् । ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्ने स्टोरले जनाएको छ । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निःशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउने बताइएको छ।

बिग डिजिटलको काठमाडौं उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना रहेको कम्पनीले जनाएको छ । यस्तै देशका सातवटा प्रदेशहरुमा नँया स्टोरहरुको स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ साउन ४ बुधवार १७:३९ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...