काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ बैकल्पिक शक्ति निर्माणका लागि तीन धारणा राखेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकिकृत समाजवादी) र डा. भट्टराईको पार्टी (तीन वाम पार्टी) बीच एकता गर्ने प्रस्ताव गरेको चर्चा चलिरहेका बेला डा. भट्टराईले बैकल्पिक शक्ति निर्माणका तीन आधार सार्वजनिक गरेका हुन् ।
डा. भट्टराईले २०७० चैत २ गते आफुले नेपाल साप्ताहिकमा नेपालमा नयाँ वैकल्पिक शक्ति निर्माणका २ वा ३ बाटाका बारेमा लेखेको भन्दै त्यसको अंशसहित ट्विटरमा राखेका छन् ।
‘२ चैत २०७० को नेपाल साप्ताहिकको अग्रलेखमा मैले नयाँ वैकल्पिक शक्ति निर्माणका २ वा ३ बाटा बताएको थिएँ । एक, पुरानै पार्टीहरूको रूपान्तरण; दुइ, विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण; तीन,शून्यबाट नयाँको जन्म । अहिलेको समाजवादी केन्द्रको चर्चा पहिलो र दोश्रोको मिश्रण हो है!हेरौं!’ डा.भट्टराईले ट्विट गर्दै लेखेका छन् ।
२ चैत २०७० को नेपाल साप्ताहिकको अग्रलेखमा मैले नयाॅ वैकल्पिक शक्ति निर्माणका २ वा ३ बाटा बताएको थिएॅ।एक,पुरानै पार्टीहरूको रूपान्तरण;दुइ,विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण;तीन,शुन्यबाट नयाॅको जन्म।अहिलेको समाजवादी केन्द्रको चर्चा पहिलो र दोश्रोको मिश्रण हो है!हेरौं! pic.twitter.com/3mHBEQ0i5B
— Baburam Bhattarai (@brb1954) July 21, 2022
असारको अन्तिम साता वीरगन्जमा भएको अध्यक्ष उपेन्द्र यादव पक्षको भेलाले डा. बाबुराम भट्टराई लगायतका ९ जना कार्यकारीणि सदस्यलाई कारबाही गरिएको घोषणा गर्दै संघीय परिषद् अध्यक्षमा अशोक राईलाई घोषणा गरेको थियो ।
पार्टीभित्रै आफुमाथि कारबाही भएपछि कारबाही फुकुवा गर्न माग गर्दै डा. भट्टराईले पार्टी पुर्नगठनका लागि सबैलाई एकजुट हुन अपिल गर्दै नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका डा. भट्टराईलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको प्रस्ताव गरेका छन् । यसका लागि उनीहरु निरन्तर संवादमा समेत रहेका छन् ।
वि.सं.२०७९ साउन ६ शुक्रवार १०:१७ मा प्रकाशित






























