back
CTIZAN AD

झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो

वि.सं.२०७९ साउन ६ शुक्रवार

708 

shares

लन्डन । राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ । विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई क्षतिपूर्तिस्वरुप ठूलो रकम तिर्नुपरेको छ भने उनीसमक्ष सार्वजनिक रूपमा क्षमा याचना गर्नुपरेको छ ।

राजकुमार विलियम र ह्यारीका पूर्वसुसारे टिग्गी लेगे–बोर्के भनेर चिनिने अलेक्जान्ड्रा पेटिफरको युवराज चाल्र्ससँग सम्बन्ध रहेको झूटा दाबीका निम्ति बिहीबार बिबिसीका महानिर्देशक टिम डेभीले लन्डनको उच्च अदालतमा उपस्थित भएर उनलाई पर्याप्त क्षतिपूर्ति तिर्न सहमति जनाउँदै माफी मागेका हुन् ।

पत्रकार मार्टिन बशीरले सन् १९९५ मा डायनाको अन्तर्वार्ता पाउन छलपूर्ण माध्यम प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो । बिबिसीको द्वेषपूर्ण दाबीप्रति आपत्ति जनाउँदै राजकुमार विलियम र ह्यारीले प्रसारण संस्थाको कडा आलोचना गरेका थिए ।

पेटिफरको गर्भमा युवराज चाल्र्सको भ्रुण रहेको त्यसलाई पछि पतन गराइएकोलगायत झूटा आरोप लगाइएको थियो । पत्रकारितका साथै राजतन्त्रमा गम्भीर आघात पुग्ने गतल काम बशिरले गरेको जानकारी भएपछि उनलाई तत्काल बर्खास्त गरिएको थियो । एपी

वि.सं.२०७९ साउन ६ शुक्रवार १८:०० मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...