back
CTIZAN AD

अष्ट्रेलियाको जन्मदर १० वर्ष यताकै न्यून

वि.सं.२०७९ साउन ६ शुक्रवार

687 

shares

क्यानबेरा । अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्ले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्ले देखाएको हो । अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्ल्यु) ले आज सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ ।

कोभिड–१९ महामारीको पहिलो महिनाको तथ्याङ् प्रस्तुत गर्दै एआईएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ । सन् २०२० मा बच्चा जन्माएका आमाहरूको औषत उमेर ३० वर्ष नौ महिना थियो भने सन् २०१० ३० वर्षकै उमेरमा उनीहरूले सन्तानोत्पादन गरेका थिए । अष्ट्रेलियामा ४० वर्ष र त्यसभन्दा माथिका आमाहरूको उच्च अनुपात अर्थात् सन् २०१० मा ४.१ प्रतिशतको तुलनामा सन् २०२० मा ४.५ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । सिह्वा

वि.सं.२०७९ साउन ६ शुक्रवार १८:०२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...