back
CTIZAN AD

सिटिजन्स बैंकको खुद मुनाफामा २४.७६ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन ८ आइतवार

864 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलले खुद मुनाफामा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २४.७६ प्रतिशतले खुद मुनाफामा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा १ अर्ब ८० करोडबाट बढेर गत आर्थिक बर्ष २ अर्ब २५ करोड पुगेको छ । जसमा १ अर्ब ४६ करोड रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप ८.६५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी १०.६८ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब पुगेको बैंकले जनाएकाे छ ।

त्यस्तै यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने आम्दानी खुद ब्याज आम्दानी ४०.२९ प्रतिशतले बढेर ५ अर्ब १२ करोड पुगेको बैंकले जनाएकाे छ । यस अवधिमा बैकंको चुक्तापुंजी १४ अर्ब २० करोड रहेको छ भने रिजर्भ एण्ड सरप्लसमा ६ अर्ब ४४ करोड रहेको छ । त्यस्तै बैंकको खराब कर्जा अनुपात १.८७ प्रतिशत रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा, प्रति सेयर नेट वर्थ १४५ रुपैयाँ ३९ पैसा र मुल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको बताइएकाे छ ।

वि.सं.२०७९ साउन ८ आइतवार १३:१६ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...