back
CTIZAN AD

लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास

वि.सं.२०७९ साउन ८ आइतवार

933 

shares

काठमाडौँ । समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनविरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् ।

ढिला नगरी लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामाजिकस्तरबाट प्रभावकारी अभियान चलाउनुपर्ने खाँचो रहेको कार्यक्रमका वक्ताको भनाइ थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले राजधानीमात्र नभइ गाउँगाउँमा लागुऔषध दुव्र्यसनीको अखडा बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिकाका–नगर प्रमुख दीपक रिसालले संस्कार भुल्दै गएकाले समाजमा समस्या आउन थालेको बताए । “हाम्रा सांस्कृतिक पर्वमा विचलन आएको छ, ठीकबेठीक छुट्याउन नसकेकै कारण लागुऔषधको दुव्र्यसन जस्तो कुलतमा युवा पुस्ताको आकर्षण बढेको छ, नगरपालिकाले विद्यालयमा गएर चेतना विस्तारमा सक्रिय रहने योजना बनाएको छ”, उनले भने ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले लागुऔषध दुव्र्यसनीको सङ्ख्या डढेलो जस्तै फैलिँदै गरेको परिवेशमा घरघरबाट लागुऔषध दुव्र्यसनविरुद्ध चेतना फैलाउनुपर्ने बताए । यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनकोे प्रतिबद्धता थियो ।

शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनीले लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामूहिक प्रयासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसविरुद्ध सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । कार्यक्रममा समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य जीवन्ती अर्याल, गान्धी आदर्श माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष डा गणेशराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष हरिभक्त पुडासैनी र वडा नं ६ का अध्यक्ष प्रकाश फुँयालले दुव्र्यसनविरुद्ध ऐक्यबद्धता व्यक्त गरे ।

त्यस्तै तेजविनायक मावि सञ्चालक समितिका अध्यक्ष विदुर ढुङ्गाना, समाजका काठमाडौँ अध्यक्ष भगवान पुडासैनी, सेलिब्रेशन को–एडका संस्थापक आचार्य महेन्द्र भट्टराई, नेप्लिज कम्युनिटी एशोसियशन अष्टे«लियाका अध्यक्ष मधुसुदन पुडासैनी, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डिएन सिवाकोटी, लिबर्टी एकेडेमीका प्रधानाध्यापक ओमप्रसाद ढकाललगायत वक्ताले लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयासको खाँचोमाथि चर्चा गरेका थिए ।

 

वि.सं.२०७९ साउन ८ आइतवार १६:४१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...