back
CTIZAN AD

लक्ष्मी बैंकको नाफा १ अर्ब ६० करोडभन्दा बढी

वि.सं.२०७९ साउन ८ आइतवार

840 

shares

काठमाडौं । लक्ष्मी बैंकले १ अर्ब ६० करोड ३५ लाख नाफा कमाएको छ । बैंकले खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १.७६ प्रतिशतले बढाएको हो ।

बैंकको अघिल्लो आर्थिक वर्षमा नाफा १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको थियो । बैंकको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी १८.२७ प्रतिशत बढेको छ । यसअनुसार ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ ब्याज आम्दानी देखिएको हो ।

बैंकले गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २.१७ प्रतिशतले बढाएर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.१७ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ४० लाख २८ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ ।

वितरणयोग्य मुनाफा २५.०६ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ पुग्दा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ११.१६ प्रतिशत घटेर ५ अर्ब ५० करोड ९० लाख ५ हजार रुपैयाँ रहेको देखिएको छ ।

बैंकले निक्षेप संकलन गत आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब १४ करोड ७३ लाख गरेको छ । बैंकले कर्जा १ खर्ब २८ अर्ब १२ लाख ६९ हजार रुपैयाँ प्रवाह गरेको देखिएको हो । बैंकको प्रतिशेयर आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसा रहेको देखिएको हो

वि.सं.२०७९ साउन ८ आइतवार १६:५८ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...