back
CTIZAN AD

मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार : नेप्से परिसूचक ६१.०५ अङ्कले उकालो

वि.सं.२०७९ साउन ८ आइतवार

942 

shares

काठमाडौं । मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

साे नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो । शेयर धितो कर्जाबापत रु १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि त्यसको प्रभाव शेयर बजारमा परेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.०५ अङ्कले उकालो लागेर दुई हजार ७८.५१ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.०९ अङ्कले उकालो लागेर ३९८.३३ मा पुगेको छ ।

कूल २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता शेयर रु दुई अर्ब ७३ करोड नौ लाख २७ हजार २९७ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २२.८८, व्यापार ८८.०१, होटल तथा पर्यटन ७४.२, विकास बैंक १७७.३२, जलविद्युत् ८४.५, वित्त ११७.९९, उत्पादन १००.३९, अन्य १०३.८२, लघुवित्त १७५.१७, जीवन बीमा २०७.७७, सामूहिक लगानी कोष ०.१७ र लगानी २.१ अङ्कले उकालो लागेको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६७ अर्ब ९८ करोड ६८ लाख ४७ हजार ५८१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३९ करोड ७१ लाख ३१ हजार बराबरको कारोबार भयो । नेपाल पुर्नबीमा कम्पनी रु छ करोड ८२ लाख ९३ हजार ९४७, हिमालयन डिस्टिलरी रु छ करोड ५९ लाख ९१ हजार ८९५, एनआइसी एशिया बैंक रु छ करोड २१ लाख ८१ हजार ४५० र अरुण काबेली पावर रु छ करोड १४ लाख १३ हजार ९३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै स्वाभिमान लघुवित्त ९.६८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतले कमाएका छन् । यसैगरी एनएमबी बैंकको ऋणपत्र १.५२, ग्लोबल आइएमइ बैंकको ऋणपत्र १.०६, एनआइसी एशिया ग्रोथ स्कीम ०.७२, मेगा म्युचुअल फण्ड एक ०.६२ र ग्लोबल आइएमई बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७९ साउन ८ आइतवार १६:४० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...