back
CTIZAN AD

सीसीटीभी फुटेज प्रकरण : बुझिएन ‘रिकभर’ भिडियो फुटेज

वि.सं.२०७९ साउन १० मंगलवार

885 

shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिले नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले ‘रिकभर’ गरी उपलब्ध गराएको सीसीटीभी फुटेज हेरेको छ । मंगलबार बसेको समितिको बैठकमा प्रहरीले उपलब्ध गराएको भिडियो फुटेज हेरिएको हो ।

तर, रिकभर गरिएको सीसीटीभीको भिडियो फुटेज बुझ्ने खालको नभएको भन्दै पुनः विज्ञलाई बोलाइने निर्णय भएको छ । समितिका एक सदस्य एवम् कांग्रेस सांसद सिताराम महतोका अनुसार भिडियोबारे आजको बैठकले विज्ञ समूह बोलाउने निर्णय गरेको हो ।

“सीसीटीभी फुटेज रिकभर भएको छ, जुन रिकभर भिडियो के हो भन्नेबारे विज्ञ आएपछि मात्रै थाहा हुन्छ”, महतोले संसार न्यूजसँग भनेका छन्, “आजको बैठकले विज्ञ बोलाउने निर्णय गरेको छ । विज्ञ आएपछि मात्रै फुटेज के हो भन्न सकिन्छ ।”

महतो हेरिएको भिडियो के–कस्तो थियो भन्नेबारे जानकारी नगराएपनि भिडियो स्पष्ट नभएकै कारण समितिले पुनः विज्ञ टोली बोलाउने निर्णय गरेको हो । “धेरै भिडियो छन्, कुन दिनको केहो स्पष्ट भइसकेको छैन, प्राविधिकले भन्ने विषय हो”, उनले भनेका छन् ।

प्रहरीले सोमबार नै समितिलाई रिकभर गरिएको भिडियो फुटेज उपलब्ध गराएको थियो । भिडियो फुटेज नबुझिने भएसँगै एमालेबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरुले सोमबारको बैठकमै पूर्वअर्थमन्त्री शर्माको मोबाइलको कल डिटेल हेर्नुपर्ने माग राखेका थिए । तर, व्यक्तिको गोपनीयताको हक हनन् हुने भन्दै अन्य सांसदहरुले भने त्यतातिर जान नहुने तर्क गरेका छन् ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गरिएको विषय बाहिरिएपछि पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न असार २२ मा संसदीय छानबिन समिति गठन भएको थियो । असार २२ मा गठन भएको समितिले असार २८ देखि कार्य थालेको थियो ।

कार्य थालनीदेखि १० दिनसम्मको समय पाएको समितिलाई समय अपुग भएको भनेपछि संसदले गत असार ५ मा थप एक साताको लागि समय थप गरेको थियो । तर, थपिएको समयमा पनि समितिले छानबिनमा प्रगति भने गर्न सकेको छैन ।

सम्बन्धित समाचार

करको दर हेरफेर प्रकरण : तथ्य नभेटाएपछि छानबिन समितिलाई थपियो एक साता

करको दर हेरफेर प्रकरण : कहाँ पुग्यो छानबिन ?

वि.सं.२०७९ साउन १० मंगलवार १२:४९ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...