back
CTIZAN AD

नेजस नर्वेको आयोजनामा सातौं जेएसएस रनिंङ कप भलिबल टुर्नामेन्ट सम्पन्न

वि.सं.२०७९ साउन १० मंगलवार

1.6K 

shares

प्रेम परियार, नर्वे । नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा सातौं जेएसएस रनिंङ कप भलिबल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लो शहरको अति नै रमणियस्थल सोंग्सभानको खेलकूद मैदानमा जुलाई २४ मा सम्पन्न भलिबल टुर्नामेन्ट प्रतियोगितामा प्रमुख अतिथि एनआरएनए नर्वेका अध्यक्ष जिबन बहादुर शाही, विशेष अतिथि एनआरएनए यूरोपका युवा संयोजक किरण गुरुंङ, आईसीसी सदस्य राजु अर्याल, नर्वेमा क्रियाशील नेपाली संघ–संस्थाका प्रतिनिधिहरुलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा सहभागी ९ टिमलाई पछि पार्दै यस वर्षको जे एसएस रनिंग कपको प्रथम उपाधि बि.एन स्र्पोटले हात पारेको छ ।

त्यस्तै प्रथम हुने टीम क्याप्टेन शेखर पुन मगर, महेन्द्र खड्का, जिबनाथ भट्टराई, ओमकार थापा, धन काऊचा मगर, टेक बहादुर राना मगर, हिमाल बुद्ध मगर, सुरेश सापकोटा र रोबिन उपाध्याय रहेको टीमका मेनेजर बिक्रम लामाले गरेका थिए ।

अत्यन्तै उत्कृष्ट खेल प्रदर्शन गर्दै बि.एन स्पोर्टसले प्रथम स्थान हासिल गरि रनिङ्ग शिल्ड, ट्रफी र नगद प्राप्त गरेको थियो भने एनआरएनए नर्वे दोश्रो भै उपबिजेता बनेको छ । सो टीमले नगद, ट्रफी र प्रमाणपत्र सहित दोश्रो पुरस्कार हात पारेको छ ।

अत्यन्तै कड़ा प्रतिस्पर्धाका साथ धेरै दर्शकहरुको मन जित्न सफल दुबै टिमलाई दर्शकहरुले हूटिंग गर्दै भरपुर मनोरंजन लिएका थिए ।
त्यसैगरी महिलातर्फ खेलमा जेएसएस नर्वेले प्रथम हात पारेको छ भने उपविजेता माउण्ट एभेरेष्ट बनेको छ । बिजेता जे एसएस नर्वे र उपबिजेता माउन्ट एभेरेष्टले नगद, ट्रफी, प्रमाणपत्र सहितको पुरुस्कार प्राप्त गरेका छन । बिजेता उपविजेता दुबै टीमले नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

No description available.

त्यस्तै पुरुष तर्फको खेलमा यूनिक नेपाल टिमबाट जूनियर खेलाडी १९ वर्षीय मनिष राना मगर उत्कृष्ट खेलाड़ी घोषित भै नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने महिलातर्फ सुचित्रा आर्यालले उत्कृष्ट खेलाडी घोषित भै नगद ट्रफी हात पारेकी छन् ।

प्रतियोगीतमा सहभागी टीम मध्ये, यूनिक नेपाल, जेएसएस ए, जे एसएस बि, ओ एनएफ, एन बि स्पोर्टस रागोस +नेसको, एभरेष्ट इद्रिस्लाग, योङ्ग डादस ( र एनआरएनए सहित ९ टीम बीच प्रतिस्पर्धा भएको थियो ।

May be an image of 2 people, people standing and outdoors

उक्त प्रतियोगितामा नर्वेको नेपाली समाजमा धेरै सदस्य संख्या रहेको संस्था नेपोसप्रति धेरैको चासोको बिषय बन्यो । खेल मैदानमा नेपोसका शुभ चिन्तक, महिला तथा बाल बालिकाहरूले नेपोसको जर्सी नदेखेपछि केहिले चिन्ता समेत ब्यक्त गÞरेका थिए । बिगत ३ वर्षसम्म एकछत्र आफनो बर्चश्व कायम गर्दै रनिंग शील्ड हात पार्न सफल भएको नेपाली पोर्चुगिज समाज (नेपोस) ले भने यस पटक आफनो टिम दर्ता गराएको थिएन ।

No description available.

नेपोस, एभेरेस्ट ईड्रिसलाग नेसको, नेपसा, हेल्पिङ्ग हेण्डस् फर नेपाल, अन्तराष्ट्रिय साहित्य समाज नर्वे, नेपाल पत्रकार महासंघ यूरोपका प्रतिनिधि, नर्वेको नेपाली समाजमा रहेका समाजका विशिष्ट व्यक्तिहरु संयुक्त उपस्थितिमा बिजय हुने टिमलाई सामुहिक रूपमा नगद शील्ड तथा पुरस्कार वितरण गरिएको थियो ।

उक्त प्रतियोगिता कार्यक्रमका संयोजक कविन्द्र ढकाल गरेका थिए भने आर्थिक समिति संयोजन कमल खनाल, खाना ब्यवस्थापन संयोजनमा गोबिन्द अधिकारी, टिका आचार्य र प्रेम काफ्ले रहेका थिए ।

No description available.

कार्यक्रमको अन्त्यमा आयोजक कमिटीका तर्फबाट अध्यक्ष जितेन्द्र बिक्रम शाहीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका थिए ।

समितिका वरिष्ठ उपसभापति तथा प्रतियोगिता संयोजक कवीन्द्र ढकालको संचालन रहेको उक्त मैत्रीपूर्ण भलिबल प्रतियोगितामा रेफ्रीको जिÞम्मेवारी दिल केसीले सम्हालेका थिए भने उपस्थित दर्शकलाई नेपाली संस्कृति झल्काऊने गरी तयार पारिएको नेपाली भोजनको ब्यबस्था गरिएको थियो ।

नर्वेमा रहेका नेपालीबीच आपसी सद्भाव र भाईचाराको सम्बन्ध अझै अभिवृद्धि गर्दै लैजाने अभिप्रायबाट बिगत ७ बर्षदेखी प्रत्येक वर्षको समर सीजनमा आयोजना गरिने उक्त भलिवल प्रतियोगितामा यो पटक झण्डै ३०० जनाको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ साउन १० मंगलवार १२:२८ मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...