back
CTIZAN AD

दुई कम्पनीले पायो आईपीओ निष्काशन अनुमति

वि.सं.२०७९ साउन ११ बुधवार

936 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । इस्टर्न हाइड्रोपावर कम्पनी र खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको अनुमति पाएको हो ।

बोर्डले इस्र्टनलाई साउन ९ गते अनुमति प्रदान गरेको हो । कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

त्यस्तै बोर्डले खप्तडलाई साउन १० गते अनुमति प्रदान गरेको हो । खप्तड लघुवित्तले बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । कमपनीले सर्वसाधारणका लागि १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ ।

सर्वसाधारणका लागि शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी रु.४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

कम्पनीले शेयर निष्काशनको लागि  प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार १४:१० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...