back
CTIZAN AD

एमसीसी अनुमोदन गराउन आएका डोनाल्ड फेरि किन आउँदैछन् नेपाल ?

वि.सं.२०७९ साउन १२ बिहीवार

879 

shares

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमण आउने भएका छन् । लु तीन दिने भ्रमणका क्रममा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा रहँदा लुले उच्च राजनीतिक भेटवार्ता गर्ने छन् । बिहीबार साँझ आउने उनले सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

लु यसअघि ०७८ मंसिर १ मा नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण पछि नै नेपालको संसदले एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गरेको थियो । एमसीसी अनुमोदनमा मुख्य भूमिका खेलेका लुको पछिल्लो भ्रमणलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

यतिबेला एकातिर नेपालले अमेरिकी सैन्य कार्यक्रम एसपीपी अस्वीकार गर्ने निर्णय गरेको छ भने अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवाको यसअघि तय भएको अमेरिका भ्रमण रद्द भएको छ । असार अन्तिम साता मात्रै चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण भएको थियो । राजनीतिक रुपमा भएको त्यो भ्रमण पछि अमेरिकाको तर्फबाट भएको यो पहिलो उच्च भ्रमण हो ।

नेपालले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको भएपनि औपचारिक रुपमा अमेरिकालाई पत्र पठाएको छैन । लुको भ्रमण एसपीपी कार्यान्वनय र देउवाको भ्रमणबारे केन्द्रीत हुनसक्ने बुझ्न सकिन्छ ।

वि.सं.२०७९ साउन १२ बिहीवार १२:५६ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...