back
CTIZAN AD

एनएमबि क्यापिटलको नयाँ म्युचुअल फण्डको इकाई साउन २६ बाट

वि.सं.२०७९ साउन १२ बिहीवार

855 

shares

काठमाडौं । एनएमबि क्यापिटलले साउन २६ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको ईकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गर्न लागेको हो ।

यो योजनाको आकार १ अर्ब २० करोड अर्थात् १२ करोड इकाई बराबरको रहेको छ । प्रति इकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात्क १ करोड ६८ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबि बैंक तथा १ प्रतिशत इकाई अर्थात १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटलले लगानी गर्ने छ । एक करोड ८० लाख इकाई बराबर बीज पूँजी बाहेक बाँकी रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको आवेदन दिन सकिने छ । लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटले योजनाको इकाई निष्काशन गर्नको लागि साउन ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो

यो बन्द मुखी म्युचुअल फण्ड योजना हो । हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ ।

वि.सं.२०७९ साउन १२ बिहीवार १३:०१ मा प्रकाशित

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...