काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहको कार्यकाल थप गरेको छ । बुधबार बैंक सञ्चालक समितिले ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत शाहको थप गर्ने निर्णय गरेको हो ।
बैंकले पछिल्ला दिनहरुमा संस्था भित्रैबाट नेतृत्व चयन गर्ने गरेको छ । यसअघि सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत थिए । सुमन जोशीले बैंक छाडेपछि बैंक भित्रैबाट खालिङलाई नेतृत्व दिइएको थियो ।
प्रमुख कार्यकारी अधिकृत शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले स्यान्डर्डमा १० वर्षसम्म काम गरेका थिए । लक्ष्मी बैंकमा उनी १९ बर्षदेखि कार्यरत छन्, त्यसमध्ये ४ बर्ष उनले प्रमुख कार्यकारी अधिकृत भएर कार्यसंचालन गरिसकेका छन् ।
वि.सं.२०७९ साउन १२ बिहीवार १३:४२ मा प्रकाशित





























