काठमाडौं । आइतबार दिउँसोका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगन भएको छ। अर्थमन्त्रीबारे निर्णय लिन बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल निर्णय गरेसँगै स्थगित भएको हो ।
माओवादी केन्द्र स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार अर्को बैठकको मितिबारे जानकारी गराइएको छैन।
अर्थमन्त्रीको नियुक्ती, स्थायी समिति र पोलिटब्यूरोलाई पूर्णंता दिनेबारे छलफल गर्न स्थायी समिति बैठक बोलाइएको थियो । तर, प्रचण्डले एकल रुपमै अर्थमन्त्री नियुक्तीबारे निर्णय गरेपछि बैठक स्थगित गरिएको हो ।
अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुनः नियुक्ती गर्नेबारे प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । शर्मालाई आज नै अर्थमन्त्रीका रुपमा सपथ खुवाउने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार
प्रचण्डको मनमौजी : अर्थमन्त्रीबारे निर्णय लिन बैठक, तर बैठक नै नबस्दै सिफारिस
वि.सं.२०७९ साउन १५ आइतवार १४:५३ मा प्रकाशित






























