काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । आइतबार नेप्से ५४.५८ अंकले बढेको छ भने १० कम्पनीका सेयरमा सर्किट लागेको छ । ५४.५८ अंकको बृद्धिसँगै नेप्से २१९५ अंकमा पुगेको छ ।
आइतबार कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ ।
१३ वटा उपसूचकमध्ये आइतबार फाइनान्सबाहेक सबै उपसूचकमा हरियाली लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ३७४.०८ अंकले बढेको छ भने फाइनान्स समूहको १.६ अंकले घटेको छ ।
यस्तै, इन्भेष्टमेन्ट समूहको उसूचक ४.७६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ४।१६ अंकले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैंकिङ समूह २.९२ प्रतिशतले, होटल तथा पर्यटन समूह २.७ प्रतिशतले बढेका छन् ।
आज १० कम्पनीको मूल्यमा १० प्रतिशत हाराहारी बढेको छ । एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको, आईएमई जनरल, प्रुडेन्सियलको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै युनाइटेड इदी मर्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाइफ र स्टान्डर्ड चार्टड बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एसियन लाइफ, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर अगाडि छन् ।
वि.सं.२०७९ साउन १५ आइतवार १५:५३ मा प्रकाशित


























