काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको शेयर सुचीकृत भएको छ । आज नेपाल फाइनान्स कम्पनीको हकप्रद शेयर र गरिमा विकास बैंकको बोनस शेयर सुचीकृत भएको हो ।
फाइनान्स कम्पनीको ७० प्रतिशतले हुन आउने २३ लाख १९ हजार ७ सय ५८ दशमलव ८८ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । त्यस्तैगरी विकास बैंकको १६ प्रतिशतले हुन आउने ६३ लाख १७ हजार ९२ दशमलव ९६८१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
वि.सं.२०७९ साउन १५ आइतवार १६:०१ मा प्रकाशित


























