back
CTIZAN AD

अमेरिकामा गायक सबिन राई तथा फेरो ब्यान्ड विरुद्ध मुद्धा दायर

वि.सं.२०७९ साउन १५ आइतवार

1K 

shares

आगामी अगस्त महिना देखि २ महिनाको सॅागितिक यात्रामा आउने तयारी गरि रहेका सबिन राई र फेरो ब्यान्ड (सॅगित मण्डल) तथा आयोजक विरुद्ध कानुनी मुद्दा चलाईएको छ ।

अमेरिकामा समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएका नेपसिनेका संचालकहरुले छापा विज्ञप्ती जारी गरि आफूसँग पहिले नै भएको सम्झौताको गायक सविन राई, फेरो ब्याण्डले भंग गरेको भन्दै आयोजक समेतलाई अदालतमा मुद्धा दायर गरिएको बताईएको छ ।

नेपसिनेका शारद युवराज सिंह र रायन रेले नेपालका रक-पप ब्यान्ड “द सबिन राई एन्ड द फारो” का सबै सदस्यहरू विरुद्ध अमेरिकी अदालतमा कानुन उल्लंघन गरेको भन्दै मुद्दा चलाईएको बिज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ अत्यन्त खेदका साथ घोषणा गर्दछौँ की ‘हामी, नेपालका रक-पप ब्यान्ड ‘द सबिन राई एन्ड द फारो’ का सबै सदस्यहरू विरुद्ध अमेरिकी अदालतमा कानुन उल्लंघन गरेका कारण कानुनी मुद्दा चलाउँदैछौं ।

एक विशेष सम्झौता भएको ब्यान्डले संयुक्त राज्य अमेरिकामा आफ्नो व्यावसायिक संलग्नताको सबै अधिकार नेपसिनेलाई दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । आफूहरुको गोप्य जानकारीको अनाधिकृत विमोचन र यसको प्रवर्द्धकहरू विरुद्ध पक्षहरू बीचको अवस्थित व्यापार सम्बन्धमा अनावश्यक हस्तक्षेप र कम्पनीको गोप्य जानकारीको अनाधिकृत रुपमा सार्वजनिक गरिएको दाबी गरिएको छ ।

साथै यस बर्ष अग्रिम रकम पनि प्रदान गरिएकोले नेपसिनेले ३० हजार डलरको नोक्सान भएको र लामो समय सम्मका लागि सम्झौता गरे पछि मात्र लगानी गरिएको नेपसिनेले उल्लेख गरेको छ ।

तेस्रो पक्षहरूसँग सम्झौता गर्दै ब्यान्ड(संगीत मण्डली) ले हामीलाई ठूलो आर्थिक र प्रतिष्ठामा समेत नोक्सान पुर्‍याएको सम्झौता उल्लङ्घन गरेको समेत उल्लेख गरेको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १८:२३ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...