back
CTIZAN AD

काभ्रे र चितवनमा बुद्धिजीवी अभियान बढ्दै

वि.सं.२०७९ साउन १६ सोमवार

1.1K 

shares

काठमाडौं । बागमती प्रदेशका स्थानीय तहहरुमा बुद्दिजीवीको संगठन अभियान अघि बढेको छ ।

नेपाल बुद्दिजीवी संगठनको बागमती प्रदेश कार्यालय सचिव धन बहादुर मगरका अनुसार काभ्रेको नमोवुद्ध नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिकामा पालिका स्तरीय समिति निर्माण भएका छन् ।

बागमती प्रदेश सचिव भरत गौतमको प्रमुख आतिथ्यता, संगठनका पूर्व कार्यालय सदस्य गुणराज गौतम र नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य टासी लामाको विशिष्ट आतिथ्यता तथा संगठनका काभ्रे जिल्ला संयोजक चन्द्र प्रसाद मैनाली, काभ्रे पार्टीका प्रतिनिधिहरु  माधव खनाल, मिण्डु लामा, नवराज अधिकारी, ज्ञानेन्द्र देवकोटा तथा संगठनका प्रदेश सदस्य उद्धव पौडेलको  आतिथ्यतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संगठनका अनुसार सो समितिको अध्यक्षमा रामहरी पौडेल,सचिवमा विष्णु लामा, तथा सदस्यहरुमा वेनी खनाल, कुमार लामा, भीम प्रसाद उप्रेती, गोकुल गौतम, नारायणभक्त श्रेष्ठ, प्रमिला खड्का, बुद्धिमान लामा, सरु नेपाली र होम बहादुर मगर लगायत रहेका छन् ।
कर्यक्रममा प्रमुख अतिथि रहेका भरत गौतम लगायतका वक्ताले जनता र आन्दोलनको हितमा बुद्दिजीवीहरुले भूमिका बढाउनुपर्ने विषयमा जोड दिएका थिए ।

No description available.

इच्छाकामनामा कार्यसमिति गठन
यसैगरी प्राप्त समाचार अनुसार चितवनको इच्छाकामना गाउँपालिकामा भएको बुद्दिजीवीहरुको भेलाले श्रीरेन्द्र प्रकाश पोखरेलको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा वागमती प्रदेशका श्रम रोजगार मन्त्री घनश्याम दाहाल ‘अविनाश’ को प्रमुख आतिथ्यता, संगठनका केन्द्रीय सदस्य विनोदखण्ड तिमिल्सीनाको विशिष्ठ आतिथ्यता तथा संगठनका बागमती प्रदेश उपाध्यक्षम डा.प्रेम सागर भण्डारी, इच्छाकामना गाउँपालिकाको नेकपा (माओवादी केन्द्र) का इन्चार्ज प्रताप गुरुङ लगायतको आतिथ्यतामा सो समिति गठन भएको थियो ।

गठित सो समितिको उपाध्यक्षमा रामनाथ त्रिपाठी, मदन चेपाङ, सावित्री खनाल, सचिव नारायण प्रसाद पौडेल, कोषाध्यक्ष हेमलाल अधिकारी, सहसचिव रामजी त्रिपाठी तथा सदस्यहरु याम बहादुर राना मगर, रेशम दोंग, विष्णु अर्याल, दिपेन्द्र लम्साल, हिरालाल गुरुङ, मनमाया चेपांग, सुष्मा श्रेष्ठ, संजय खनाल र विक्रम गुरुङ लगायत रहेका छन् ।

वि.सं.२०७९ साउन १६ सोमवार १२:५० मा प्रकाशित

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...