back
CTIZAN AD

अचानक बाग्मती पुलमा चे !

वि.सं.२०७९ साउन १६ सोमवार

705 

shares

क्युवाको अचार बोकेर
मार्खेजको चिट्ठीसँगै
फिडेल क्यास्ट्रोको सम्झना बोकेर
झोलामा खादेर युद्ध रचना
चे ग्वेरा नेपाल आइपुगेका छन्

छोपिएको इतिहासको भित्रि बाटो भएर
क्रान्ति पुगेको छ राजसी दरबारतिर
प्रतिकुल मौसमको चेपमा झोँक्राएको छ, आशा
बारुदी सुरुङको छेउमा उम्रेको छ, भटमास
चेलाई हेर्नुछ, घर्तीगाउँ
सोध्नु छ, उनलाई कमरेड रूपचन्द्र बिष्टबारे
के गर्छन् ति आजकल ?
इतिहास चिहानबाट उठ्छ कि उठ्दैनन्
मानिसहरूको आक्रोश
विचारको मृत्यु हुँदा
योद्धाहरुको छाती दुख्छ कि दुख्दैन ?
गोर्खा पुग्नु छ, चेलाइ
फेरिएको लालध्वजको चेहरा
र गोर्खा दरबारलाई हेर्नुछ र बुझ्नुछ
खबर छ
पेरिसडाँडामा हवाई फायरिङ गरेर
बुद्धनगर पुगेको लडाकुले
बानेश्वरमा बिर्सेको छ झोला
झोलामा के–के होला ?
चेलाई पूर्ण बिरामसँग भेट्नु छ
र धीत् मरूनजेल सुन्नु छ
जनयुद्धकालीन पुराना कविता
किन बन्द छ जनादेश साप्ताहिक ?
किन भुलिरहेका छ्न माओवादी कमरेडहरुले ?
गण्डक अभियानका रक्तिम दिनहरु
उदास मौसममा
उम्लेका छन् प्रश्न
उल्टो बगेको बागमती पुलमा
लप्सीको अचार खाँदै हुनुहुन्छ पम्फा भुसाल
देव दाइ युटुबमा अन्तरवार्ता दिँदै हुनुहुन्छ
खारा हान्ने प्रभाकर
सिटि टिभीको दृश्यहरुमा हारेका छन्
रात्रीको सात बजेको छ
हर्न बजिरहेको छ निरन्तर
जाडो छ बागमती पुलनेर
चिसो हावा बोकेर खडा छ मौसम
क्युवाको भटमासलाई
रोल्पाको गुन्द्रुकमा हालेर छडकाइरहेका छन् लडाकुहरु
भाइले तिहुन पकाउन बिर्सनु भएको रहेनछ
मिठो छ
चेसँग उभिएर गोरे दाइले भने
बाग्मती किन यती फोहोर छ
किन पुर्व लाली उठिरहेको छ
चे कहिल्यै भुल्दैनन्
कहिल्यै भुल्दैन क्रान्तिको नवीन अभिलेखलाई ।।

वि.सं.२०७९ साउन १६ सोमवार १२:५६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...