back
CTIZAN AD

प्रभु र सेञ्चुरी बैंकले मंसिरभित्र एकीकृत कारोबार गर्ने, कारोबार प्रभु बैंकको नामबाट हुने

वि.सं.२०७९ साउन १६ सोमवार

912 

shares

काठमाडाैं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने निर्णय आइतबार गरेको छ । यी दुई बैंकबीच मंसिरभित्र एकीकृत कारोबार गर्ने प्रारम्भिक सहमति भएको हो ।

एकीकृत कारोबार प्रभु बैंकको नामबाट हुने बैंकले जनाएको छ । नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका अशोक शेरचनले निरन्तरता पाउने बताइएको छ । सेञ्चुरी बैंकका मनोज न्यौपानेलाई वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनाइने सहमति भएको छ ।

सहमति अनुसार, प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल न्यौपानेपछिको प्रोटोकलमा हुने छन् । प्रभु र सेञ्चुरीमा त्यसपछि नायब, सहायक महाप्रबन्धकहरु छन् । उनीहरु त्यही पदमा हुने छन् । नयाँ बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट तीन र सेञ्चुरीबाट तीन जना जाने छन् । स्वतन्त्र सञ्चालक साबिकको प्रभु बैंकले छान्ने बताइएको छ ।

यी दुई बैंकबीच लामो समयदेखि मर्जरको कुराकानी भएको थियो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएपछि दुवै बैंकले केही समयका लागि स्वैच्छिक अवकाश योजना समेत ल्याउने सहमति भएको छ ।

हाल प्रभु बैंकमा २३ सय कर्मचारी छन् भने सेञ्चुरीमा १२ सय कर्मचारी छन् । प्रभुको २१६ वटा शाखा छ भने सेञ्चुरीको १२६ वटा छ । सेञ्चुरीले पुमरी प्रणाली चलाउँछ भने प्रभुले फिन्याकल चलाउँछ । यसो हुँदा दुवै बैंकको प्रणाली मिलान गर्न केही समय लाग्ने बताइएको छ ।

बराबरी हैसियत अर्थात सेयर आदानप्रदान अनुपात एक बराबर एक हुने भएकाले नयाँ बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १२:४९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...