back
CTIZAN AD

आर्थिक अभावका कारण थला परेको छोरा ओछ्यानमै, टुलुटुलु हेर्नु बाहेक कुनै उपाय नरहेको आमाको गुनासो

वि.सं.२०७९ साउन १६ सोमवार

837 

shares

वालिङ । यहाँका १६ वर्षीय कृष्ण नेपाली आर्थिक अभावका कारण उपचार गर्न नसकेर ओछ्यानमै थला परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङका नेपालीको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर ओछ्यानमै थला परेका हुन् ।

गत पुसमा ट्र्याक्टरमा काम गर्ने क्रममा खसेर ढाड भाँचिएपछि गण्डकी मेडिकल कलेज पोखरामा ढाडको शल्यक्रिया गरेका कृष्णको अहिले ढाडभन्दा मुनिको भाग चल्न छाडेको आमा केशरी नेपालीले बताए । “कक्षा १० मा पढ्दै थियो, कहिलेकाहीँ ट्र्याक्टरमा हिँड्थ्यो, हामीले नजान भनिरहेका थियौँ”, आमा केशरीले भनिन्, “अकस्मात ट्र्याक्टर दुर्घटना हुँदा उस्को ढाड भाँचियो, उपचार त जसोतसो ग¥यौँ तर आर्थिक अभावले गर्दा थेरापी गराउन सकेनौँ, बाबु ओछ्यानको ओछ्यानमै छ ।”

शल्यक्रिया सकिएपछि डाक्टरले थेरापी गराउनुपर्ने सुझाव दिए पनि घरमै ल्याएर केही महिना थेरापी गराइएको र आर्थिक अभावका कारण नियमित थेरापी गराउन नसक्दा ढाडबाट तलतिरको भाग सुक्दै गएको आमा केशरीले सुनाइन् । श्रीमान्, श्रीमती र छजना छोराछोरी गरी आठ जनाको परिवारको आम्दानीको स्रोत भनेको मजदुरी रहेको छ । श्रीमान्ले मजदुरी गर्ने र आफूले होटलहरुमा सरसफाइको काम गर्दै आएकाले दैनिक परिवार पाल्नलाई मात्रै कमाई ठिक्क भएको उनकोे दुखेसो छ । “आठ जनाको ठूलो परिवार छ, मजदूरी नगर्दासम्म खान पुग्दैन, घरभाडा पनि तिर्नै प¥यो”, उनले भनिन्, “दैनिक खर्च चलाउने कि थला परेको छोराको उपचारमा पैसा खर्चने ? साह्रै पीडामा छौँ ।”

कृष्णलाई घरमै ल्याएपछि पनि केही समय नजिकैको थेरापी गर्ने ठाउँबाट घरमै आएर थेरापी गराए पनि उनलाई पैसा दिन नसकेपछि अहिले निरन्तरता दिन नसकिएको आमा केशरीले बताइन । “पोखराको हरियोखर्कमा यसको उपचार तथा थेरापी हुन्छ भन्ने सुनेकी छु, चाहना त छोरालाई हिँड्ने बनाउनु छ, दिसापिसाब आफँै स्याहार्न सक्ने बनाउन पाए हुन्थ्यो भन्ने छ”, उनले भनिन, “तर के गर्नु आर्थिक अभावले गर्दा सोचेर पनि केही गर्न नसकिने रैछ ।” छोराको अवस्थाका बारेमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई सहयोगका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको गुनासो उनकोे छ ।“थला परेको छोराको स्याहारसुसार गर्दा आफू पनि काममा जान पाएकी छैन”, उनले भनिन्, “श्रीमान्को मात्रै कमाईले कति हुन्छ र परिवार पाल्ने कि छोराको उपचार ?”

वि.सं.२०७९ साउन १६ सोमवार १२:४६ मा प्रकाशित

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...