काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्ति कुनैपनि राजनीतिक दलको सदस्य भएको पाइएमा कारबाही गर्न निर्देशन दिएको छ ।
केही दिनयता आम संचार माध्यम तथा सार्वजनिक रुपमा समेत राजनीतिक दलको सदस्यता वितरण सम्बन्धमा विभिन्न टिका टिप्पणी, बहस, छलफल, जिज्ञासा, चासो र चिन्ता व्यक्त भैरहेको प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
‘यसै सन्दर्भमा आयोगले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानुन बमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति कुनै राजनीतिक दलको सदस्य हुन नसक्ने व्यहोराको जानकारी गराई उक्तरोक्त अनुसार भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत् नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीयतहलाई निर्देशन दिएको छ ।’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १२:१३ मा प्रकाशित




























