back
CTIZAN AD

स्वदेशमा नै श्रम गर्न जनचेतना जगाउनुपर्ने : मन्त्री कुँवर

वि.सं.२०७९ साउन १६ सोमवार

906 

shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वेदशमा नै रोजगारीको वातावरण बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज वैदेशिक रोजगार र श्रमसम्बन्धी रहेका समस्याका सम्बन्धमा गरेको बैठकमा उनले स्वदेशमा नै श्रमिकलाई श्रम गर्न जनचेतना जगाउनुपर्ने बताए ।

नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उनले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गरे । “नेपालमा नै श्रम बजार छ भनेर यहाँका श्रमिकलाई जनचेतना जगाउन आवश्यक छ”, उनले भने, “नेपालमा नै विदेशमा गरे जतिकै श्रम पाइन्छ भन्ने कुराको जनचेतना गराउनु पर्दछ ।”

उनले भारतलगायत देशबाट आएका कामदारले नेपालका विभिन्न उद्योग, कलकारखानामा काम गरिरहेको बताए । उनले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताए ।

समितिका सभापति विमलश्री वास्तवले यहाँका श्रमिकलाई विदेश नपठाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे । “हामीले रोजगारका लागि बाहिर मुलुकमा श्रमिक पठाउने गर्दछौँ, तर हाम्रै मुलुकमा भारतबाट आएका श्रमिकले काम गरेर राम्रै आर्थिक उपार्जन गरिरहेका छन”, उनले भने, “मुलुकमा नै आन्तरिक श्रमिक व्यवस्थापन गर्नुपर्दछ ।”

उनले आफूले एक स्टिल उद्योगमा अनुगमनका क्रममा जाँदा एक हजार दुई सय श्रमिकमध्ये आठ सय भारतीय श्रमिक पाएको जनाउँदै नेपालमा रहेका श्रमिकलाई विदेशमा पठाउनुभन्दा स्वदेशकै उद्योग, कलकारखानाका काममा लगाउनुपर्ने बताए ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले स्वदेशमा नै श्रमबजारको व्यवस्थापन गरिरहेको बताए । उनले आन्तरिक रोजगार गर्नका लागि आन्तरिक रोजगार प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको बताए । अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत एक लाख ४५ हजार एक सय १३ जनालाई स्वरोजगार बनाइएको उनको भनाइ थियो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले स्वदेशमा श्रमिकले राम्रोसँग काम नगर्ने भएकाले बाहिरबाट श्रमिक ल्याउनुपरेको उद्योगी व्यवसायीले बताएको जानकारी दिए । उनका अनुसार उद्योगीहरुले स्थानीय श्रमिकले राम्रोसँग काम नगरेका गुनासो गरेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोना भाइरसको समयमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटे पनि अहिले फेरि बढेको बताए । उनका अनुसार आर्थिक वर्ष २०७३/७४ मा छ लाख ४२ हजार वैदेशिक रोजगारमा गएका थिए भने आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजारमा झरेको थियो । यस्तै आव २०७८/७९ मा त्यो सङ्ख्या बढेर छ लाख २१ हजारमा पुगेको छ ।

 

वि.सं.२०७९ साउन १६ सोमवार १५:४० मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...