back
CTIZAN AD

प्राइम कमर्सियलले ल्यायो १० गुणा रकम बढ्ने मुद्दती खाताहरु

वि.सं.२०७९ साउन १६ सोमवार

717 

shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता , प्राइम धनवृद्धि रेमिट मुद्दती खाता  तथा प्राइम धनवृद्धि  मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले नेपाली नागरिकहरुका लागि प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षितगरी संचालनमा ल्याइएको जनाएको छ ।

बैंकका ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी रकम पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताहरुले १८ घातक रोगका विरुद्ध बीमा १० लाख, दुर्घटना बीमामा १० लाख र १ लाखसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी, ग्राहकले आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएकोे छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १७:१० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...