back
CTIZAN AD

स्कटल्याण्डमा ‘गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति’ विषयक कार्यक्रम सम्पन्न

वि.सं.२०७९ साउन १६ सोमवार

753 

shares

युके । प्रबासी नेपाली मञ्च युके स्कटल्याण्ड कमिटीको आयोजनामा ‘गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति’ विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमालेका नेता एबम् वरिष्ठ अधिबक्ता प्रतिनिधिसभा सदस्य क.कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पोख्रेलले गैरआबासिय नेपाली नागरिकताको बिषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रमको अतिथिहरुमा संविधानसभा सदस्य एबम नेकपा एमाले केन्द्रिय सदस्य तारादेबी राई, प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटी अध्यक्ष सुरेन्द्र थपलिया, संगठन बिभाग प्रमुख तुङभद्र भुसाल, युके कमिटीका पुर्बअध्यक्षद्वय रामशरण सिम्खडा, राजेन्द्र पुडासैनी, लगायत युकेका विभिन्न संघसस्थाका अध्यक्ष, प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

स्कटल्याण्ड कमिटीका नि.ब सचिव बिदुर खत्रीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले गैरआबासिय नेपालीहरुको नागरिकताको समस्याका बारेमा आफ्नो भनाइहरु राखेका थिए ।

No description available.

कार्यक्रममा सहभागी विभिन्न ब्यक्तित्वहरुले आफ्नो जिज्ञासा्, प्रश्न प्रमुख अतिथि समक्ष राखेका थिए ।
प्रबासी नेपाली मञ्च स्कटल्याण्ड कमिटीका अध्यक्ष जोनि पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब निर्देशन त्रिपाठीले गरेका थिए ।

नेपाली नागरिकता ऐन २०६३ संसोधन गर्न बनेको विधेयक गएको प्रतिनिधिसभाको बैठकले बहुमतको निर्णयले पास गरेको थियो ।

 

वि.सं.२०७९ साउन १६ सोमवार १७:०५ मा प्रकाशित

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...