back
CTIZAN AD

तिमी फर्किएनौ स्वदेश…

वि.सं.२०७९ साउन १६ सोमवार

1.1K 

shares

यही शुक्रबार तिम्रो तेस्रो वार्षिकी मनायौ स्वदेश । तिमी जस्तै अष्ट्रेलिया, अमेरिका, क्यानडालगायतका देशमा अध्ययन गर्न जाने धेरै स–साना कलिला भाइबहिनीले विभिन्न घटनाबाट मात्र नभएर स्वघात गरेर उतै अस्ताएका घटनाहरु लेखिरहेको र सुनिरहेको यो मन २०७६ असार २७ गते (२०१९ को जुलाई १२) को बिहान तिमीले स्वघात गरेर संसार छाडेको खबरले झसङ्ग भयो ।

तिम्रा बुवा किशोर सेढाईं आत्तिएर ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीलाई फोन गरेर यो सबै घटनाका बारेमा सुनाउँदै रुनु भएको थियो । किन ? कसरी ? अब के गर्ने भन्ने विषयमा उहाँहरुबीच लामो छलफलपछि तिम्रा बुवाले घटनाका बारेमा बुझ्ने, तिम्रो शब नेपाली भूमिमा ल्याउनेलगायतका काममा लाग्नु भयो । उता तिम्री आमा (गंगा उप्रेती मेडम) केहीदिन त मुर्छा नै पर्नुभयो ।

स्वदेश तिमी किशोर जी र गंगाजीका एक्लो सन्तान थियौ । तिम्रो जीवनको आरोह, अवरोह सबैको साक्षी बन्दै तिमीलाई अथाह माया खन्याउँदै हुर्काउनु भएको थियो तिम्रा बुवा र आमाले । त्यो हामीले पनि देखेका थियौं । कहिलेकाँही तिम्रो घरमा जाँदा तिमी निष्फिक्री भएर बावुआमाको अगाडि प्रस्तुत भएको देख्दा लाग्थ्यो, तिमीलाई बुवाआमाको माया अलि बढी नै भयो कि ! हामी, गाउँमा साँझ बिहान के खाउँ भएर हुर्केको र हाम्रा सन्तान पनि त्यस्तै त्यस्तै अभावमा हुर्काएकी मैले यति मात्र सोँचे तिमी सहरमा हुर्किएका छोरा हौं । तिमीलाई तिम्रा बुवा आमाले केही कमि हुन नदिएका कारण तिम्रो स्वभाव पनि त्यस्तै भएको होला भन्ने लागेको थियो ।

पत्रिकामा १८ घण्टे लोडसेडिङ भएर पत्रिकाको काम गर्न तिम्रो घरमा पुग्दा कम्प्युटरको तार जोडिदिने र हामीलाई सहयोग गर्ने तिम्रो अर्को पाटो पनि थियो । त्यो आजपनि आँखामा झलझली आउँछ स्वदेश ।

त्यसपछिका दिनहरुमा तिम्रा बुवा आमासँग सम्पर्क भए पनि तिम्रो सन्चो बिसन्चोको हाल सोधेर हामी छुटिन्थ्यौं । तिमी उच्च शिक्षाका लागि अष्ट्रेलियामा पढ्न जाने कुराबारे हामीले त्यति छलफल गर्न पाएनौं । एक्कासी तिमी अष्ट्रेलिया पुगेपछि भने हामीलाई लाग्यो, अब तिमी परिपक्व बन्यौ । बुवा आमाको एक्लो सन्तान तिमी अब बुढेसकालको बलियो वैशाखी बन्ने छौ र देशका लागि पनि केही गर्ने छौं भन्ने लाग्यो ।

No description available.

अष्ट्रेलियाको सिड्नीस्थित युटिएस विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा अनर्ससहित स्नातक गर्न लागिरहेका तिमी अन्य क्रियाकलापमा पनि त्यत्तिकै उत्कृष्ट रहेको शुक्रबार तिम्रो तेस्रो वार्षिकीमा प्रस्तुत गरिएको वित्तचित्रले प्रस्तुत ग¥यो । आखिर यतिधेरै प्रतिभाशाली, अनुशासित तिमीले कसरी त्यस्तो कदम उठायौं भन्ने अहिलेपनि सोचमग्न छु । तिम्रो वित्तचित्र हेर्नेहरु सबैको आँखा रसाएका थिए त्यतिबेला । मैले पनि तिमै्र सम्झनामा आँसु बगाएँ । भक्कानिएर रुन मन लाग्यो । तिमी पाटन अस्पतालमा जन्मिएको फोटोदेखि तिम्रो अष्ट्रेलियासम्मको यात्रा त्यो वित्तचित्रमा समेटिएको थियो । तिम्रो बुवासँगको अन्तिम संवाद पनि त्यहाँ प्रस्तुत गरिएको थियो । त्यो सुन्दा र तिमीलाई वित्तचित्रमा देख्दा सबैलाई पीडा भएको थियो ।

सोँचे, आखिर तिमीलाई के कमी थियो र स्वदेश वाबु तिमी बाबुआमाको यति चोखो मायासँग खेलवाड ग¥यौ । उहाँहरुले सम्पूर्ण जीवन तिम्रै लागि अर्पण गर्नु भएको थियो र आगमी दिनमा पनि तिमीलाई अमर बनाउने बाटोमा उहाँहरुको यात्रा सुरु भइसकेको छ ।

तिम्रा बुवा किशोर सेढाइँजीले यतिबेला संगीतको सहारामा आफुलाई सम्हाल्दै तिमीलाई अमर बनाउने यात्रामा लाग्नु भएको छ भने तिम्री आमा गंगा उप्रेती पनि तिमीलाई अमर बनाउनकै लागि तिम्रो नामको ‘स्वदेश फाउन्डेशन’ खोलेर स्वघात विरुद्धको जनचेतना जगाउने महाअभियानमा लाग्नु भएको छ ।

गंगाजीसँग धेरै भयो भेट भएको थिएन । किशोरजी ऐक्यबद्धताको अफिसमा आइरहनुहुन्थ्यो । उहाँ कुनैबेला ऐक्यबद्धताको सहसम्पादक रहेर परराष्ट्र क्षेत्र हेर्नुहुन्थ्यो विशेष गरी । उहाँले यो प्रकृतिको खेल हो भनेर संगीतको सहारा लिएर तिमीमै जीवन अर्पण गर्न लागिरहेको सुनाउनुहुन्थ्यो । बावु स्वदेश तिमी त यो धर्ती सुटुक्क छोडेर गयौ । तर, तिम्रो सम्झनामा बाँच्ने आमा बुवा, तिम्रा आफन्त साथीभाइलाई भने जीवनभरी भुल्न नसकिने पीडा दिएर गयौं । तर पनि तिम्रा बुवा आमाले त्यही पीडालाई भुलाउने बाटो ‘स्वदेश फाउन्डेशन’ खोलेर पूर्णरुपमा जीवन त्यसैमा अर्पण गर्ने बाटोमा लाग्नु भएको छ ।

स्वदेश तिम्रो बहानामा संसारभरी रहेका धेरै स्वदेशहरुलाई भन्न मन लाग्यो– कृपया, भुलेर पनि यस्तो कदम उठाउने नसोचिदिनुहोला । सबैका बुवा आमा स्वदेशको जस्तो बलियो मन र छाति बनाएर बाँच्नका लागि यस्तो बाटो रोज्न सक्नुहुन्न । अन्ततः तपाईंहरुले चालेको गलत कदमको सिकार उहाँहरु पनि बन्नुहुन्छ । तपाईहरुको मायामा उहाँहरुले आफुलाई भित्र भित्रै तड्पाएर अन्तत ः तपाईहरुले रोजेको बाटो नै सहि मान्नुहनेछ, त्यसैले आफ्ना जन्मदातालाई रुवाएर, उहाँहरुको जीवन पीडाको गहिरो खाडलतिर धकेलिदिने काम कसैले पनि नगरिदिनुहोला ।

उहाँहरुको तपाईँहरुमाथि यतिमात्र अपेक्षा हो । तपाइँहरू उच्च शिक्षा लिएर यो देशको लायक छोरा, यो देशलाई माया गर्ने छोरा र यो देशको हित गर्ने छोरा बनिदिनुहोस् । त्यति बन्न नसके पनि आफुलाई आफैे माया गरेर आफ्नो भविष्य उज्जवल बनाएर खुसी रहनुहोस् भन्ने अपेक्षा मात्र उहाँहरुसँग हुन्छ । बरु तपाईले उहाँहरुलाई विरामी हुँदा औषधि खाने पैसा नदिनुहोस् चित्त बुझाउनुहुन्छ । तर, सात समुन्द्र पारि यसरी कहिल्यै नफर्किने गरी जीवन सकाउनु भयो भने त्यो भन्दा बढी घात र पीडा बाबुआमाका लागि अर्को हुनेछैन ।

अन्तमा, स्वदेश स्वघात गरेर तिमीले आफ्नो जीवन आफ्नो नाम यो संसारबाट मेटाइसके पनि तिम्रो बावु आमा किशोर जी र गंगाजीले तिम्रो नाम अमर बनाउने पथमा लागिसक्नु भएको छ । तिमीमै सम्पूर्ण माया खन्याएर तिम्रो भौतिक अनुपस्थितिमा पनि तिमीलाई अमर बनाउन लागिपर्नु भएको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १७:३८ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...