काठमाडौं । मन्दाकीनी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ भोली ( मंगलबार ) बाँडफांड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक बिओके क्यापिटलले भोली (मंगलबार) दिउँसो ४ बजे आफ्नो कार्यलयमा नक्सालमा शेयर बाँडफांड गर्न लागेको हो ।
कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको थियो । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ ।
वि.सं.२०७९ साउन १६ सोमवार १७:४१ मा प्रकाशित





























