back
CTIZAN AD

क्यारेम खेललाई राष्ट्रियस्तरमा आधिकारिकता प्रदान

वि.सं.२०७९ साउन १६ सोमवार

855 

shares

काठमाडौं । नेपालको ईतिहासमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रियस्तरमा आधिकारिता प्रदान गराउने कार्य सम्पन भएको छ ।

अल नेपाल क्यारेम एसोसियसन राष्ट्रियस्तरका ८० प्रतिस्प्रधीहरुबाट प्रथम, दोस्रो र तेस्रो क्रमश अशोक तामाङ, बिशेष ढकाल, करण मगर, कबिन सुनुवार, शेराज अंसारी, क्रान्ती रावल खेलाडीहरु छ्नोट गर्दै राष्ट्रिय खेलाडीहरु छ्नोट प्रक्रिया समापन गरेको हो ।

अक्टोबर २०२२ मा हुन गैरहेका बिश्वकप क्यारेम खेलमा नेपालको प्रतिनिधित्व हुने गरि नेपालका राष्ट्रियस्तरका खेलाडीहरुलाई बिश्व कप क्यारेम प्रतियोगितामा भाग लिनका लागि बिदेश लैजाने तयारी थालेको छ ।
नेपालमा पहिलोपटक एसोसियसनद्धारा राष्ट्रिय क्यारेम च्याम्पियन्स कार्यक्रम साउन १३ र १४ गते राष्ट्रिय टेवल टेनिस हल लैनचौरमा सम्पन्न भएको थियो ।

No description available.
कार्यक्रमका प्रमुख अथिति युवा तथा खेलकुदमन्त्री महेस्वर जंग गहतराज (अथक) तथा राखेपका सदस्य सचिव टंक लाल घिसिङ, सुरेन्द्र ढकाल फाउण्डेशनका अध्यक्ष सुरेन्द्र ढकाल लगायतको आथित्यतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।

समापन कार्यक्रम खेलमा बिश्वकप क्यारेम एसोसियसनका महासचिव बिबेक देश नारायण, बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसेसन पश्चिम बंगालका सचिव संजिब धोसले समापन तथा पुरस्कार बितरण गर्दै खेलाडीहरुले क्यरेम खेलमा आफ्नो उच्च मनोबलका साथ बिश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउनेमा आफु आसावादी रहेको बिश्व कप क्यारेम एसोसियसनका महासचिव बिबेक देश नारायणले ब्यक्त गरेका थिए ।

No description available.
अन्तराष्टिय बिश्व कप क्यारेममा नेपालको तर्फवाट विश्व कपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई अल नेपाल क्यारेम एसोसिशनकी अध्यक्ष बिनिता अर्यालले बधाई तथा शुभकामना दिदै कार्यक्रमा साथ सह्योग गर्नु हुने सम्पूणमा धन्यबाद ज्ञापन गरेकी थिइन् ।

No description available.

बिभिन्न व्यक्तित्वहरुले मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन सुस्मा कार्की र समापन हरि तामाङ गरेका थिए ।

वि.सं.२०७९ साउन १६ सोमवार १७:५७ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...