back
CTIZAN AD

शाक्य फाउन्डेसनमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

वि.सं.२०७३ चैत १२ शनिवार

981 

shares

१२ चैत, काठमाडौँ  । दि शाक्य फाउन्डेसन नेपालको १६औँ वार्षिक साधारणसभा आज यहाँ सम्पन्न भयो । सो वार्षिक साधारणसभाले अमीरमान शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा राजकाजी शाक्य, महासचिवमा माधुरी शाक्य, सचिवमा ज्ञानबहादुर शाक्य, कोषाध्यक्षमा माणिकरत्न शाक्य र सहकोषाध्यक्ष रेणु बुद्धाचार्य चुनिनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा सिद्धिरत्न शाक्य, नरेशवीर शाक्य, गङ्गा शाक्य, तीर्थमान शाक्य, स्वस्तिरत्न शाक्य, आनन्दरत्न शाक्य र स्वयम्भूरत्न शाक्य हुनुहुन्छ ।

साधारणसभाले महासचिव माधुरी शाक्यद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा शाक्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो ।

उक्त कार्यक्रममा २०७२ सालको एसएलसी परीक्षामा शाक्य समुदायमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने सुदीक्षा शाक्य (३.९० ग्रेड) र निश्चल शाक्य (३.८५ ग्रेड)लाई ‘जुजुभाइ नानीछोरी शिक्षा पुरस्कार’ प्रदान गरिएको थियो ।

त्यसैगरी, स्वराज शाक्य खुशिबही र एन्जिला शाक्य ओमबहाललाई दाता माधवी शाक्य र सकिला शाक्यले जनही रु १५ हजारको छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष राजकाजी शाक्यले शाक्य समुदायको परपरा र रीतिथितिमा सुधार र आर्थिक स्तरोन्नति आवश्यक रहेको बताउनुभयो ।

सभापतिको आशनबाट अमीरमान शाक्यले सुसंस्कृत र कलाकौशलयुक्त शाक्यहरू सङ्ख्याको हिसाबले विस्तारै खुम्चिएर गएकामा चिन्ता प्रकट गर्नुभएको थियो । रासस

वि.सं.२०७३ चैत १२ शनिवार १२:२८ मा प्रकाशित

बैंकिङ कसूर मुद्दामा संलग्न चार जना पक्राउ

बैंकिङ कसूर मुद्दामा संलग्न चार जना पक्राउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बैंकिङ कसूर तथा...

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी ः थप ५६ जनाले पाए रकम

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी ः थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवद्र्धनमा जोड

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवद्र्धनमा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस...

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

सुदूरपश्चिम । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य...

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...