back
CTIZAN AD

निर्वाचनका क्रममा दुर्घटनामा मृत्यु भएका ढकालको परिवारलाई रु २० लाख बिमा

वि.सं.२०७९ साउन २५ बुधवार

708 

shares

कर्णाली । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवारलाई रु २० लाख बिमा भुक्तानी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ढकाल वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी थिए । उनी हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका थिए । निर्वाचनको सिलसिलामा ढकालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

निर्वाचन आयोगले राष्ट्रिय बिमा कम्पनीसँग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरूका लागि रु २० लाखको दुर्घटना बिमा सम्झौता गरेको थियो । सोहीअनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतले मङ्गलबार स्व ढकालका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसे, राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतका प्रमुख शिवराज बिसीको उपस्थितिमा स्व ढकालका श्रीमती सुष्मा ढकाललाई रु २० लाखको चेक हस्तान्तरण गरे ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख चालिसेले स्थानीय तहको निर्वाचनमा खटिएको समयमा दुर्घटनामा परेर ज्यान गुमाउनुभएका ढकालको परिवारलाई राहतस्वरुप बिमा रकम हस्तान्तरण गरिएको कम्पनीका शाखा प्रमुख बिसीले बताए । उनले भने, “यो घटना हाम्रो लागि अपुरणीय क्षति हो । निर्वाचन आयोगले राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेर निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटना बिमा गरेका थियो । सम्झौता बमोजिम उहाँको परिवारलाई राहतस्वरुप बिमा रकम हस्तान्तरण गरेका छौँ ।”

रकम हस्तान्तरण कार्यक्रममा नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकाले असल राष्ट्रसेवक कर्मचारी गुमाएकोप्रति दुःख व्यक्त गर्दै बिमा रकमले परिवारको जीवन निर्वाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाको तर्फबाट पनि स्व ढकाललको परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
नगरप्रमुख ढकालले भने, “यो अप्रिय घटनामा नगरपालिकाले एउटा होनहार सदस्य गुमायो । परिवारको पीडामा बीमा रकमले पनि मलमको काम गर्नेछ । नगरपालिकाले उहाँको सहज जीवनयापनका लागि थप केही सहयोग गर्नेछ ।”रासस

वि.सं.२०७९ साउन २५ बुधवार ०९:१४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...