काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
लोसपाका नेता केशव झाका अनुसार आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आज निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएको हो ।
निर्वाचन प्रयोजनका लागि बिहीबार दिउँसो लोसपाले आयोगमा दर्ता गराएको हो भने लोसपाको दर्ता नम्बर २० रहेको पनि झा ले जानकारी दिएका छन् ।
यसअघि नेकपा एमाले, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टीलगायतले मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुनका लागि दलदर्ताको निवेदन दिइसकेका छन् ।
वि.सं.२०७९ साउन २६ बिहीवार १४:५४ मा प्रकाशित






























