back
CTIZAN AD

प्यालेस्टिनी बालबालिकाको हत्याप्रति राष्ट्रसंघद्धारा चिन्ता

वि.सं.२०७९ साउन २७ शुक्रवार

675 

shares

अमेरिका । इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनामा यस वर्षको सुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमा बताएका छन् ।

“द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पु¥याउनु गहिरो चिन्ताजनक कुरा हो र यस वर्ष धेरै बालबालिकाको हत्या र अपाङ्गसमेत पारिएको अव्यावहारिक हो”, अल जजीराले ब्याचेलेटलाई उद्धृत गर्दै जनाएको छ ।

गत हप्ता मात्रै कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो, यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो । मङ्गलबार कब्जा गरिएको वेस्ट बैंकमा इजरायली कारबाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ ।

गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले बताएका छन् ।

नागरिकहरुलाई मार्ने, घाइते पार्ने वा नागरिकका वस्तुहरुलाई क्षति पु¥याउने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निषेध गरिएको छ ।

शुक्रबारदेखि आइतबारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले पुष्टि गरेको छ ।

इजरायली आक्रमणमा एक सय ५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन् । (रासस÷एएनआई)

वि.सं.२०७९ साउन २७ शुक्रवार २१:०५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...