back
CTIZAN AD

सोनिया गान्धी फेरि सङ्क्रमित

वि.सं.२०७९ साउन २८ शनिवार

744 

shares

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएकी छन् । उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित भएकी हुन् । उनी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन् ।

उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ । नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बसेकी कांग्रेस नेता जयराम रमेशले जानकारी दिए ।

उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी भएका छन् । उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । एएनआई

वि.सं.२०७९ साउन २८ शनिवार १४:४९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...