नयाँ दिल्ली । भारतमा मङ्गलबार कम्तीमा छ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दुर्घटनाका कारण अरू ३३ जना घाइते पनि भएका छन् । उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु वाहक बस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।
चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूको भनाइ छ ।
भारतमा चालकहरूको लापर्बाही, खराब अवस्थाको सडक र पर्याप्त मर्मत नगरिएका सवारी साधनका कारण हरेक वर्ष सयौँ दुर्घटना हुने र हजारौँको मृत्यु हुने गरेको छ । (रासस/सिन्ह्वा)
वि.सं.२०७९ भदौ १ बुधवार ०७:४९ मा प्रकाशित





























