back
CTIZAN AD

रुसको जंगलमा लागेको आगो बस्तिमा पस्दा साठी घर जलेर ध्वस्त

वि.सं.२०७९ भदौ १ बुधवार

654 

shares

मस्को ।  रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मङ्गलबार आगलागी भएर क्षति भएको जनाइएको छ ।

मान्छे बस्दै आएको घरहरू जले पनि कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ ।

देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

आगालागीबाट तीन गाउँ प्रभावित भएको आपत्कालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन् । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।

आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, तीन सयभन्दा बढी अग्नि नियन्त्रकहरूलगायत परिचालन गरिएको थियो ।सिन्ह्वा

वि.सं.२०७९ भदौ १ बुधवार ०७:५३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...