back
CTIZAN AD

स्विडेनमा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर

वि.सं.२०७९ भदौ ३ शुक्रवार

726 

shares

स्टकहोम । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो ।

स्विडेनको तथ्याङ्क अधिकारीहरूले औपचारिक रूपमा बिहीबार दिएको जानकारीअनुसार यस अवधिमा ५४ हजार छ सय ५० जना जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा छ दशमलव सात प्रतिशत कम हो ।

उनले सन् २००६ पछिकै सबैभन्दा कम जन्मदर यसवर्षको अघिल्लो छ महिनामा देखिएको जानकारी दिए ।

स्विडेनका जनसङ्ख्या शास्त्री टोमस जोनसनले यसवर्षका हरेक महिना अघिल्लो वर्षका हरेक महिनाभन्दा कम जन्मदर देखिएको बताए ।

जन्मदर घट्नुको पछाडि धेरै कारण हुनसक्ने विज्ञहरूको भनाइ छ । प्राध्यापक गुनार अन्डेर्सन जन्मदर घट्नुलाई विभिन्न तरिकाले हेर्न सकिने बताउँछन् ।

सामन्यतयाः कोरोना भाइरसको महामारी, कोरोना भाइरस विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायतका कारण मुख्य कारण हुनसक्ने उनको बुझाइ छ ।

गत जुन ३० सम्मको तथ्याङ्कअनुसार स्विडेनको अहिलेको कूल जनसङ्ख्या एक करोड चार लाख ८७ हजार आठ सय ५९ रहेको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ भदौ ३ शुक्रवार ०९:०५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...