काठमाडाैं । पार्टी महाधिवेशन भएको ८ महिनापछि नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी टुंग्याएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे प्रस्तावअनुसार २१ सदस्यीय पदाधिकारी टुंग्याएकाे एक नेताले जानकारी दिए ।
अध्यक्ष प्रचण्डको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् । निकै पेचिलो देखिएको महासचिव पदमा देव गुरुङ चयन भएका छन् ।
यस्तै, उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत चयन भएका छन् ।
सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की चयन भएका छन् ।
यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाल चयन भएका छन् । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट प्रचण्ड अध्यक्षमा चयन भएका थिए ।
वि.सं.२०७९ भदौ ४ शनिवार १७:१० मा प्रकाशित






























