back
CTIZAN AD

साउन अन्तिम सातासम्म आाइपुग्दा बैंकहरुको निक्षेपमा वृद्धि

वि.सं.२०७९ भदौ ५ आइतवार

858 

shares

काठमाडौं । साउन अन्तिम सातासम्म आाइपुग्दा बैंकहरुको निक्षेपमा वृद्धि भएकाे छ । वाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानी दुबै बढेको हाे । नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब र कर्जा लगानी २ अर्बले बढेको हो ।

बैंकर्स संघले उपलब्ध गराएकाे  साउन ३१ गते सम्मकाे  तथ्यांक अनुसार साउन लागेदेखि निरन्तर घटेको निक्षेप अन्तिम सातामा बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो साता ४४ खर्ब २१ अर्ब रुपैयाँ थियो । साउनको पहिलो सातामा भने बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ संकलन थियो भने असार अन्तिम सातामा ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । यससँगै असारको तुलना साउनको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटी हो ।

त्यस्तै,  बैंकर्स संघका अनुसार समीक्षा अवधिमा बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । अघिल्लो साता ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको यस्तो रकम २ अर्ब रुपैयाँले बढेको हो । गत असार अन्तिम सातामा पनि बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए ।

वि.सं.२०७९ भदौ ५ आइतवार १७:०३ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...