back
CTIZAN AD

शोषणको रूप हो राज्य

वि.सं.२०७९ भदौ ७ मंगलवार

879 

shares

राज्यलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने फरक–फरक दृष्टिकोण रहेको पाइन्छ । मुख्यतयाः यसलाई बुर्जुवा र माक्र्सवादी दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । बुर्जुवाहरुले राज्यलाई एउटा अलौकिक शक्तिको रूपमा प्रस्तुत गर्दछन्, मानौ यो युगयुगदेखि ईश्वरबाट प्राप्त भएको देन हो । उनीहरु भन्ने गर्दछन्, राज्यको कुनै वर्गीय चरित्र हुँदैन । यो निष्पक्ष न्यायाधीश हो, जसले सबै प्रकारका विवादहरुको हल गर्छ । उनीहरु राज्यको प्रगतिशील चरित्रबारे व्याख्या गर्दे भन्ने गर्छन् कि राज्यले मात्र मानिसलाई पूर्ण स्वतन्त्रता प्रदान गर्न सक्छ र राज्य नै त्यस्तो सर्वोपरी शक्तिको हो जसले मजदुर वर्ग र व्यक्तिगत पुँजीलाई समानरूपले नियन्त्रित गर्दछ ।

मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, राज्य समाजकै आन्तरिक विकासको उपज हो । भौतिक उत्पादनमा भएको परिवर्तनको फलस्वरूप राज्यको उत्पत्ति भएको हो । उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धमा भएको परिवर्तनले समाज एउटा उत्पादन पद्धतिबाट अर्को उत्पादन पद्धतिमा रूपान्तरण हुँदै जाँदा राज्यव्यवस्था पनि परिवर्तन हुँदै आएको छ । मार्क्सवादका अनुसार राज्य वर्गीय अन्तरविरोधहरुको अप्रसाध्यताको उपज हो । आदिम साम्यवादमा राज्यको अस्तित्व थिएन । उक्त समाजमा नत निजी सम्पत्ति थियो नत वर्ग नै, प्रकृतिमाथि सबैको साझा स्वामित्व थियो । जहाँ राज्यको आवश्यकता नै थिएन । यस्तो समाजमा निश्चित सामाजिक कार्यहरु समाजले छानेका व्यक्तिहरुले गर्दथे । प्राचिन युगमा मानिसहरु बिचको सम्बन्ध जनमतको बलमा हुने गर्दथ्यो । सम्पत्ति सबैको साझा हुन्थ्यो ।

मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, राज्य समाजकै आन्तरिक विकासको उपज हो । भौतिक उत्पादनमा भएको परिवर्तनको फलस्वरूप राज्यको उत्पत्ति भएको हो । उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धमा भएको परिवर्तनले समाज एउटा उत्पादन पद्धतिबाट अर्को उत्पादन पद्धतिमा रूपान्तरण हुँदै जाँदा राज्यव्यवस्था पनि परिवर्तन हुँदै आएको छ ।

उत्पादक शक्तिको क्रमिक विकाससँगै जब समाज कविला युग समाप्त भई दासयुगमा प्रवेश ग¥यो, मानिस पशुपालनमा र कृषि कार्यमा संलग्न हुन थाले । त्यसपछि मात्र मानिसले सम्पतिमाथि निजी स्वामीत्वको ग्रहण गर्न थाल्यो । समाज दास र दास स्वामी गरि दुई वर्गमा विभाजित भयो । त्यसपछि व्यक्तिगत स्वामित्व र अधिकार राख्नेहरुले आफ्नो सत्ता र अमनचैनको संरक्षणको लागि राज्यको परिकल्पना गरे । वर्ग विभाजित समाजमा राज्यले कमजोर वर्गमाथि बलियो वर्गद्वारा आधिपत्य कायम गर्ने यन्त्रको रूपमा कार्य गर्दछ । अर्थात् राज्य त्यो शक्तिशाली हतियार हो जसले उत्पादनका साधनमाथि अधिकार राख्ने वर्गद्वारा मजदूर किसान वर्गमाथि शोषण दमन गर्न अधिकार प्रत्यायोजन गर्दछ । यसले सम्पूर्ण जनताको नभएर आर्थिक दृष्टिले सत्तारुढ वर्ग कै संरक्षण गर्दछ । यो विशाल नोकरशाही प्रशासनतन्त्र, गुप्तचर, विभाग, सेना पुलिस, न्यायालय, जेल, बन्दि शिविरको भरमा मुठ्ठीभर शोषकहरुको अधिनमा टिकेको हुन्छ । यसले देशभित्र होस् वा देश बाहिर सत्तारुढ वर्ग कै सेवा गर्दछ ।

दासप्रथा राज्य नै शोषकहरुको पहिलो राज्यसत्ता थियो । त्यो बेला दास स्वामिहरुले दासहरुबाट आफ्नो उत्पीडनको विरुद्ध गर्ने विद्रोहलाई अस्त्रको बलले निर्ममतापूर्वक दबाएर राख्ने संयन्त्रको रूपमा राज्यको प्रयोग गर्दथे । सामन्ती राज्य व्यवस्था भूमिपति किसानहरुलाई बलजफ्ती आफ्नो जमिनमा काम गर्न बाध्य पार्ने शक्तिशाली संयन्त्र थियो । त्यस्तै, पुँजीवादी राज्यले प्रजातन्त्र र मानवअधिकारको आवरणमा श्रमिकहरुको दमन गर्ने, अतिरिक्त मूल्य शोषण गर्ने संयन्त्रको रूपमा काम गरिरहेको छ । ज्यालादारी दासत्व लाद्नु, सर्वहारा क्रान्तिको आन्दोलनलाई दवाएर राख्नु र मुठ्ठिभर दलाल पुँजीजीबीहरुको संरक्षण गर्नु राज्यको मुल उद्देश्य रहेको छ ।

हुनत पुँजीवादको शुरुवाती चरणमा राज्य निकै प्रगतिशील थियो । यसले सामान्तवादी उत्पादन सम्बन्धलाई ध्वस्त पारेर पुँजीवादी उत्पादन सम्बन्ध स्थापित गरेको थियो तर, आफ्नो स्वर्णीम कालमा पनि यो आम जनताको लागि नभएर केबल बुर्जुवा वर्गको लागि मात्र प्रजातान्त्रिक थियो । लेनिन भन्नुहुन्छ, “बुर्जुवा राज्यले जस्तोसुकै रूप लिए पनि यो पुँजीवादी वर्गको अधिनायकत्व हो, अर्थात् पुँजीजिवी वर्गको हित र संरक्षणको लागि मजदुर वर्गलाई दबाउने साधन हो ।”

आधुनिक साम्राज्यवादी राज्यसत्ता प्रतिक्रियावादी चरित्रको छ । यसले अल्पविकसित तथा विकासशील मुलुकहरुलाई दिने तथाकथित सहायता तथा अन्य साधनहरुको समेत उपयोग गर्दछ । साम्राज्यवादी राज्यसत्ता एकाधिकारीलाई बढी नाफा दिलाउने संयन्त्रको रूपमा एकाधिकारी सत्ताधारीहरुको सञ्चालक समितिको रूपमा कार्य गर्दछ । यसले एकाधिकारीहरुको स्वतन्त्रतालाई नै विश्वकै स्वतन्त्रताको सार ठान्दछ ।

सर्वहारा वर्गको अधिनायकवाद पुँजीवादबाट समाजवाद तर्फको संक्रमणकालीन अवस्था हो । विश्वमा अधिनायकवादका पनि फरक–फरक रूपहरु रहेका छन् । सन् १९१७ मा रुसमा मजदुर, किसान तथा सैनिक प्रतिनिधिहरुका सोभितहरु जस्तो सर्वहारा अधिनायकत्व स्थापित भएको थियो भने युरोप तथा एसियाली मुलुकहरुमा जनवादी प्रजातन्त्रको रूपमा देखापर्‍यो । जनवादी प्रजातन्त्र एक बहुदलीय व्यवस्था हो, जहाँ समाजवादी व्यवस्थाको निर्माण गर्न राष्ट्रिय मोर्चाको अस्तित्व रहन्छ । समाजवादी विकासको बाटोमा टेकेका मुलुकहरुको राष्ट्रिय विशेषता भनेकै जनवादी प्रजातन्त्र हो । खासगरी माक्र्सवादी पार्टीले सर्वहारा राज्यको सुदृढीकरण र प्रजातन्त्रको विकासमा बढीभन्दा बढी श्रमिक जनसमुदायलाई परिचालन गराउछ । पार्टी स्वयम् राजकीय तथा अन्य अङ्गको सट्टामा काम गर्दैन तर, मजदुर वर्गलाई प्रोत्साहन गर्दछ र जनताको व्यापक प्रतिनिधित्व गर्दछ । सर्वहारा अधिनायकत्वको समयमा पार्टी र जनताको अखण्ड एकता कायम हुन्छ । यसैमा माक्र्सवादी पार्टीको शक्ति निहित हुन्छ ।

दासप्रथामा राज्य नै शोषकहरुको पहिलो राज्यसत्ता थियो । त्यो बेला दास स्वामिहरुले दासहरुबाट आफ्नो उत्पीडनको विरुद्ध गर्ने विद्रोहलाई अस्त्रको बलले निर्ममतापूर्वक दबाएर राख्ने संयन्त्रको रूपमा राज्यको प्रयोग गर्दथे । सामन्ती राज्य व्यवस्था भूमिपति किसानहरुलाई बलजफ्ती आफ्नो जमिनमा काम गर्न बाध्य पार्ने शक्तिशाली संयन्त्र थियो । निजी स्वामित्वको तथा राज्यको उत्पत्ति पनि यही समयबाट भएको हो ।

जब सर्वहारा अधिनायकत्व सार्वजनिक राज्यमा परिणत हुन्छ तबसम्म समाजवादी सामाजीक सम्बन्धहरूमा व्यापक सुधार आइसकेको हुनेछ । त्यसपछि मानिसद्वारा मानिसको शोषण पुर्णरूपमा अन्त्य भई एउटा उन्नत राजनीतिक आर्थिक प्रणाली स्थापित हुनजान्छ । माक्र्स एंगेल्सले यो अवस्थालाई वैज्ञानिक समाजवादको संज्ञा दिनुभएको छ जो कम्युनिस्ट समाजको पहिलो अवस्था पनि हो र यसले वर्ग विलोपिकरणको आधार तयार पार्दै राज्यको औचित्यलाई क्रमशः समाप्त पार्दै जान्छ । अन्ततः वर्गविहिन उच्चस्तरीय समृद्ध मानव समाज स्थापित हुन्छ, जसलाई माक्र्सवादी भाषामा साम्यवादी व्यवस्था भनिन्छ भने बुर्जुवा भाषामा स्वर्ग अथवा रामराज्य भनिन्छ । यो व्यवस्थामा सम्पूर्ण साधन स्रोत समाजको स्वामित्वमा रहने तथा सबैले “क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम” सिद्धान्त लागू हुन्छ । कार्लमाक्र्स भन्नुहुन्छ, “आदिम साम्यवादलाई छोडेर आजसम्मको मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।”

उत्पादन पद्धतिको दृष्टिकोणबाट हेर्दा, आदिम साम्यवाद मानव समाजको प्रारम्भिक र प्राचीन युग थियो । यो समयमा मानव जीवन अति कम विकसित र कष्टकर थियो । शिकार खेल्ने र कन्दमूल खोजी खाने, ओडारमा बस्ने र आफ्नो सुरक्षाको लागि समुह (गण)मा मिलेर बस्ने गर्दथे । यो वर्गबिहीन मानव समाज जो प्रकृतिमाथि सामूहिक स्वामित्व राख्दथ्यो । दासयुगमा दासहरु उत्पादक शक्ति थिए भने कृषि र पशुपालन उत्पादनको प्रमुख क्षेत्र थियो । पिछडिएको र शोषणमूलक उत्पादन प्रणालीमा दासहरु पशु सरह खरिद–बिक्री हुन्थे । निजी स्वामित्वको तथा राज्यको उत्पत्ति पनि यही समयबाट भएको हो । सामान्ती युगमा सामन्त जमिन्दार र किसान गरी दुई वर्गहरु थिए । सामूहिक उत्पादन र व्यक्तिगत स्वामित्वको रूपमा शोषणमूलक उत्पादन सम्बन्ध थियो ।

जबदेखि वस्तुको उत्पादन उपभोगको लागि नभएर बिक्री वा नाफाको लागि हुन थाल्यो त्यस्तैबेलादेखि पुँजीवादी युग शुरु भएको हो । पुँजीवादी युगमा पुँजीपति र मजदुर/सर्वहारा गरी दुई वर्गहरु थिए । अधिक माल उत्पादन, अतिरिक्त श्रम शोषण, स्वतन्त्र बजार यसको मुख्य विशेषता हो । समाजवादी उत्पादन पद्धतिमा सर्वहारा वर्गको अधिनायकत्व, मानवीय आवश्यकतामा आधारित मालको उत्पादन, उत्पादनका साधनमाथि सामूहिक स्वामित्व, आवश्यकताअनुसारको काम र कामअनुसारको दाम मुख्य विशेषता रहेको हुन्छ । साम्यवाद स्वतन्त्र र चेतनशील श्रमिकहरुको अति उच्च स्तरको वर्ग बिहीन संगठित समाज हो, जहाँ मानिसको सर्वोत्कृष्ट विकासको साथै स्थायी विकशील विज्ञान र प्रविधिको आधारमा उत्पादक शक्तिको विकास भइरहेको हुन्छ । साधन र स्रोतमाथि सार्वजनिक स्वामित्व, सामाजिक स्वशासन, श्रमको अनिवार्यता, “प्रत्येकबाट उसको योग्यताअनुसार, प्रत्येकलाई उसको आवश्यकताअनुसार” भन्ने महान सिद्धान्त लागु हुन्छ ।

#sansarnews.com #radhikaojha #विचार

वि.सं.२०७९ भदौ ७ मंगलवार ०९:३८ मा प्रकाशित

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोवैज्ञानिक र सामाजिक विशेषताका आधारमा मानिसहरूको वर्गीकरण गर्ने तरिका नै...