back
CTIZAN AD

शोषणको रूप हो राज्य

वि.सं.२०७९ भदौ ७ मंगलवार

834 

shares

राज्यलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने फरक–फरक दृष्टिकोण रहेको पाइन्छ । मुख्यतयाः यसलाई बुर्जुवा र माक्र्सवादी दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । बुर्जुवाहरुले राज्यलाई एउटा अलौकिक शक्तिको रूपमा प्रस्तुत गर्दछन्, मानौ यो युगयुगदेखि ईश्वरबाट प्राप्त भएको देन हो । उनीहरु भन्ने गर्दछन्, राज्यको कुनै वर्गीय चरित्र हुँदैन । यो निष्पक्ष न्यायाधीश हो, जसले सबै प्रकारका विवादहरुको हल गर्छ । उनीहरु राज्यको प्रगतिशील चरित्रबारे व्याख्या गर्दे भन्ने गर्छन् कि राज्यले मात्र मानिसलाई पूर्ण स्वतन्त्रता प्रदान गर्न सक्छ र राज्य नै त्यस्तो सर्वोपरी शक्तिको हो जसले मजदुर वर्ग र व्यक्तिगत पुँजीलाई समानरूपले नियन्त्रित गर्दछ ।

मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, राज्य समाजकै आन्तरिक विकासको उपज हो । भौतिक उत्पादनमा भएको परिवर्तनको फलस्वरूप राज्यको उत्पत्ति भएको हो । उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धमा भएको परिवर्तनले समाज एउटा उत्पादन पद्धतिबाट अर्को उत्पादन पद्धतिमा रूपान्तरण हुँदै जाँदा राज्यव्यवस्था पनि परिवर्तन हुँदै आएको छ । मार्क्सवादका अनुसार राज्य वर्गीय अन्तरविरोधहरुको अप्रसाध्यताको उपज हो । आदिम साम्यवादमा राज्यको अस्तित्व थिएन । उक्त समाजमा नत निजी सम्पत्ति थियो नत वर्ग नै, प्रकृतिमाथि सबैको साझा स्वामित्व थियो । जहाँ राज्यको आवश्यकता नै थिएन । यस्तो समाजमा निश्चित सामाजिक कार्यहरु समाजले छानेका व्यक्तिहरुले गर्दथे । प्राचिन युगमा मानिसहरु बिचको सम्बन्ध जनमतको बलमा हुने गर्दथ्यो । सम्पत्ति सबैको साझा हुन्थ्यो ।

मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, राज्य समाजकै आन्तरिक विकासको उपज हो । भौतिक उत्पादनमा भएको परिवर्तनको फलस्वरूप राज्यको उत्पत्ति भएको हो । उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धमा भएको परिवर्तनले समाज एउटा उत्पादन पद्धतिबाट अर्को उत्पादन पद्धतिमा रूपान्तरण हुँदै जाँदा राज्यव्यवस्था पनि परिवर्तन हुँदै आएको छ ।

उत्पादक शक्तिको क्रमिक विकाससँगै जब समाज कविला युग समाप्त भई दासयुगमा प्रवेश ग¥यो, मानिस पशुपालनमा र कृषि कार्यमा संलग्न हुन थाले । त्यसपछि मात्र मानिसले सम्पतिमाथि निजी स्वामीत्वको ग्रहण गर्न थाल्यो । समाज दास र दास स्वामी गरि दुई वर्गमा विभाजित भयो । त्यसपछि व्यक्तिगत स्वामित्व र अधिकार राख्नेहरुले आफ्नो सत्ता र अमनचैनको संरक्षणको लागि राज्यको परिकल्पना गरे । वर्ग विभाजित समाजमा राज्यले कमजोर वर्गमाथि बलियो वर्गद्वारा आधिपत्य कायम गर्ने यन्त्रको रूपमा कार्य गर्दछ । अर्थात् राज्य त्यो शक्तिशाली हतियार हो जसले उत्पादनका साधनमाथि अधिकार राख्ने वर्गद्वारा मजदूर किसान वर्गमाथि शोषण दमन गर्न अधिकार प्रत्यायोजन गर्दछ । यसले सम्पूर्ण जनताको नभएर आर्थिक दृष्टिले सत्तारुढ वर्ग कै संरक्षण गर्दछ । यो विशाल नोकरशाही प्रशासनतन्त्र, गुप्तचर, विभाग, सेना पुलिस, न्यायालय, जेल, बन्दि शिविरको भरमा मुठ्ठीभर शोषकहरुको अधिनमा टिकेको हुन्छ । यसले देशभित्र होस् वा देश बाहिर सत्तारुढ वर्ग कै सेवा गर्दछ ।

दासप्रथा राज्य नै शोषकहरुको पहिलो राज्यसत्ता थियो । त्यो बेला दास स्वामिहरुले दासहरुबाट आफ्नो उत्पीडनको विरुद्ध गर्ने विद्रोहलाई अस्त्रको बलले निर्ममतापूर्वक दबाएर राख्ने संयन्त्रको रूपमा राज्यको प्रयोग गर्दथे । सामन्ती राज्य व्यवस्था भूमिपति किसानहरुलाई बलजफ्ती आफ्नो जमिनमा काम गर्न बाध्य पार्ने शक्तिशाली संयन्त्र थियो । त्यस्तै, पुँजीवादी राज्यले प्रजातन्त्र र मानवअधिकारको आवरणमा श्रमिकहरुको दमन गर्ने, अतिरिक्त मूल्य शोषण गर्ने संयन्त्रको रूपमा काम गरिरहेको छ । ज्यालादारी दासत्व लाद्नु, सर्वहारा क्रान्तिको आन्दोलनलाई दवाएर राख्नु र मुठ्ठिभर दलाल पुँजीजीबीहरुको संरक्षण गर्नु राज्यको मुल उद्देश्य रहेको छ ।

हुनत पुँजीवादको शुरुवाती चरणमा राज्य निकै प्रगतिशील थियो । यसले सामान्तवादी उत्पादन सम्बन्धलाई ध्वस्त पारेर पुँजीवादी उत्पादन सम्बन्ध स्थापित गरेको थियो तर, आफ्नो स्वर्णीम कालमा पनि यो आम जनताको लागि नभएर केबल बुर्जुवा वर्गको लागि मात्र प्रजातान्त्रिक थियो । लेनिन भन्नुहुन्छ, “बुर्जुवा राज्यले जस्तोसुकै रूप लिए पनि यो पुँजीवादी वर्गको अधिनायकत्व हो, अर्थात् पुँजीजिवी वर्गको हित र संरक्षणको लागि मजदुर वर्गलाई दबाउने साधन हो ।”

आधुनिक साम्राज्यवादी राज्यसत्ता प्रतिक्रियावादी चरित्रको छ । यसले अल्पविकसित तथा विकासशील मुलुकहरुलाई दिने तथाकथित सहायता तथा अन्य साधनहरुको समेत उपयोग गर्दछ । साम्राज्यवादी राज्यसत्ता एकाधिकारीलाई बढी नाफा दिलाउने संयन्त्रको रूपमा एकाधिकारी सत्ताधारीहरुको सञ्चालक समितिको रूपमा कार्य गर्दछ । यसले एकाधिकारीहरुको स्वतन्त्रतालाई नै विश्वकै स्वतन्त्रताको सार ठान्दछ ।

सर्वहारा वर्गको अधिनायकवाद पुँजीवादबाट समाजवाद तर्फको संक्रमणकालीन अवस्था हो । विश्वमा अधिनायकवादका पनि फरक–फरक रूपहरु रहेका छन् । सन् १९१७ मा रुसमा मजदुर, किसान तथा सैनिक प्रतिनिधिहरुका सोभितहरु जस्तो सर्वहारा अधिनायकत्व स्थापित भएको थियो भने युरोप तथा एसियाली मुलुकहरुमा जनवादी प्रजातन्त्रको रूपमा देखापर्‍यो । जनवादी प्रजातन्त्र एक बहुदलीय व्यवस्था हो, जहाँ समाजवादी व्यवस्थाको निर्माण गर्न राष्ट्रिय मोर्चाको अस्तित्व रहन्छ । समाजवादी विकासको बाटोमा टेकेका मुलुकहरुको राष्ट्रिय विशेषता भनेकै जनवादी प्रजातन्त्र हो । खासगरी माक्र्सवादी पार्टीले सर्वहारा राज्यको सुदृढीकरण र प्रजातन्त्रको विकासमा बढीभन्दा बढी श्रमिक जनसमुदायलाई परिचालन गराउछ । पार्टी स्वयम् राजकीय तथा अन्य अङ्गको सट्टामा काम गर्दैन तर, मजदुर वर्गलाई प्रोत्साहन गर्दछ र जनताको व्यापक प्रतिनिधित्व गर्दछ । सर्वहारा अधिनायकत्वको समयमा पार्टी र जनताको अखण्ड एकता कायम हुन्छ । यसैमा माक्र्सवादी पार्टीको शक्ति निहित हुन्छ ।

दासप्रथामा राज्य नै शोषकहरुको पहिलो राज्यसत्ता थियो । त्यो बेला दास स्वामिहरुले दासहरुबाट आफ्नो उत्पीडनको विरुद्ध गर्ने विद्रोहलाई अस्त्रको बलले निर्ममतापूर्वक दबाएर राख्ने संयन्त्रको रूपमा राज्यको प्रयोग गर्दथे । सामन्ती राज्य व्यवस्था भूमिपति किसानहरुलाई बलजफ्ती आफ्नो जमिनमा काम गर्न बाध्य पार्ने शक्तिशाली संयन्त्र थियो । निजी स्वामित्वको तथा राज्यको उत्पत्ति पनि यही समयबाट भएको हो ।

जब सर्वहारा अधिनायकत्व सार्वजनिक राज्यमा परिणत हुन्छ तबसम्म समाजवादी सामाजीक सम्बन्धहरूमा व्यापक सुधार आइसकेको हुनेछ । त्यसपछि मानिसद्वारा मानिसको शोषण पुर्णरूपमा अन्त्य भई एउटा उन्नत राजनीतिक आर्थिक प्रणाली स्थापित हुनजान्छ । माक्र्स एंगेल्सले यो अवस्थालाई वैज्ञानिक समाजवादको संज्ञा दिनुभएको छ जो कम्युनिस्ट समाजको पहिलो अवस्था पनि हो र यसले वर्ग विलोपिकरणको आधार तयार पार्दै राज्यको औचित्यलाई क्रमशः समाप्त पार्दै जान्छ । अन्ततः वर्गविहिन उच्चस्तरीय समृद्ध मानव समाज स्थापित हुन्छ, जसलाई माक्र्सवादी भाषामा साम्यवादी व्यवस्था भनिन्छ भने बुर्जुवा भाषामा स्वर्ग अथवा रामराज्य भनिन्छ । यो व्यवस्थामा सम्पूर्ण साधन स्रोत समाजको स्वामित्वमा रहने तथा सबैले “क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम” सिद्धान्त लागू हुन्छ । कार्लमाक्र्स भन्नुहुन्छ, “आदिम साम्यवादलाई छोडेर आजसम्मको मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।”

उत्पादन पद्धतिको दृष्टिकोणबाट हेर्दा, आदिम साम्यवाद मानव समाजको प्रारम्भिक र प्राचीन युग थियो । यो समयमा मानव जीवन अति कम विकसित र कष्टकर थियो । शिकार खेल्ने र कन्दमूल खोजी खाने, ओडारमा बस्ने र आफ्नो सुरक्षाको लागि समुह (गण)मा मिलेर बस्ने गर्दथे । यो वर्गबिहीन मानव समाज जो प्रकृतिमाथि सामूहिक स्वामित्व राख्दथ्यो । दासयुगमा दासहरु उत्पादक शक्ति थिए भने कृषि र पशुपालन उत्पादनको प्रमुख क्षेत्र थियो । पिछडिएको र शोषणमूलक उत्पादन प्रणालीमा दासहरु पशु सरह खरिद–बिक्री हुन्थे । निजी स्वामित्वको तथा राज्यको उत्पत्ति पनि यही समयबाट भएको हो । सामान्ती युगमा सामन्त जमिन्दार र किसान गरी दुई वर्गहरु थिए । सामूहिक उत्पादन र व्यक्तिगत स्वामित्वको रूपमा शोषणमूलक उत्पादन सम्बन्ध थियो ।

जबदेखि वस्तुको उत्पादन उपभोगको लागि नभएर बिक्री वा नाफाको लागि हुन थाल्यो त्यस्तैबेलादेखि पुँजीवादी युग शुरु भएको हो । पुँजीवादी युगमा पुँजीपति र मजदुर/सर्वहारा गरी दुई वर्गहरु थिए । अधिक माल उत्पादन, अतिरिक्त श्रम शोषण, स्वतन्त्र बजार यसको मुख्य विशेषता हो । समाजवादी उत्पादन पद्धतिमा सर्वहारा वर्गको अधिनायकत्व, मानवीय आवश्यकतामा आधारित मालको उत्पादन, उत्पादनका साधनमाथि सामूहिक स्वामित्व, आवश्यकताअनुसारको काम र कामअनुसारको दाम मुख्य विशेषता रहेको हुन्छ । साम्यवाद स्वतन्त्र र चेतनशील श्रमिकहरुको अति उच्च स्तरको वर्ग बिहीन संगठित समाज हो, जहाँ मानिसको सर्वोत्कृष्ट विकासको साथै स्थायी विकशील विज्ञान र प्रविधिको आधारमा उत्पादक शक्तिको विकास भइरहेको हुन्छ । साधन र स्रोतमाथि सार्वजनिक स्वामित्व, सामाजिक स्वशासन, श्रमको अनिवार्यता, “प्रत्येकबाट उसको योग्यताअनुसार, प्रत्येकलाई उसको आवश्यकताअनुसार” भन्ने महान सिद्धान्त लागु हुन्छ ।

#sansarnews.com #radhikaojha #विचार

वि.सं.२०७९ भदौ ७ मंगलवार ०९:३८ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...