back
CTIZAN AD

आयोजना प्रभावितका लागि इस्टर्न हाइड्रोको आईपिओ बिक्रि खुला

वि.सं.२०७९ भदौ ७ मंगलवार

900 

shares

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले आज भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयका लागि ६ लाख २० हजार कित्ता साधारणसभा निष्काशन गरेको हो । यस निष्काशनमा भदौ २१ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । कम्पनीको शेयर निष्काशनका लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणका लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ ।

इष्टर्न हाइड्रोले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने

 

वि.सं.२०७९ भदौ ७ मंगलवार ११:१४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...