back
CTIZAN AD

धरान पुगेर वृक्षारोपण गर्दै प्रचण्डले भने–माओवादीले गर्ने काम हर्कले गर्नुभएको छ

वि.सं.२०७९ भदौ १० शुक्रवार

783 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले गर्ने काम धरानका मेयर हर्क साम्पाङले गरेको भन्दै प्रसंसा गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज धरान पुगेर धरानका मेयर हर्क साङ्पाङ राई, उपमेयर अइन्द्र बिक्रम बेघा लगायत धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृतिमा वृक्षरोपण गरेका हुन् ।

May be an image of 4 people, people standing and outdoors

वृक्षरोपण गर्दै गर्दा नेपालका एक प्रगतिशील तथा गीतकार असाध्यै लोकप्रिय जेवी टुहुरेलाई सम्झेको बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो वृक्षरोपण टुहुरेकै लागि समर्पित भएको बताए ।

अध्यक्ष प्रचण्डले मेयर साम्पाङको प्रसंसा गर्दै सिंगो देशले उनको काम हेरिरहेको बताउँदै भने– हामी कम्युनिष्टहरु अझ खास गरेर माओवादीहरुले गर्नुपर्ने काम उहाँले गरिरहनु भएको छ । पार्टीका सबै साथीहरु तथा देशका श्रमजीवी जनताहरुलाई हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन अनुरोध गर्दछु ।’

अध्यक्ष प्रचण्डले निरन्तर जनताको सेवामा लागिरहन साम्पाङलाई शुभकामना दिँदै आफुहरुको साथ र सहयोग रहेको समेत बताए ।

वि.सं.२०७९ भदौ १० शुक्रवार १३:२४ मा प्रकाशित

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...