back
CTIZAN AD

बालेनको डोजर अभियानको चौथो दिन–डोजर लिएर पुगे त्रिपुरेश्वरस्थित राहदानी विभाग

वि.सं.२०७९ भदौ १० शुक्रवार

1.3K 

shares

काठमाडौं । मंगबारदेखि काठमाडौंमा रहेका अनधिकृत संरचना भत्काउन डोजर अभियान संचालन गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शुक्रबार पनि अभियानलाई निरन्तरता दिएका छन् ।

मेयर बालेन शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बनेका अनधिकृत संरचना हटाउन डोजरसहित त्यहाँ पुगेका हुन् ।

एकसाता अघि थापाथलीमा रहेको नर्भिक अस्पतालमा बनेका अनधिकृत संरचना हटाउन निर्देशन दिएका मेयर बालेनले मंगलबार बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएर अभियानको सुरुवात गरेका थिए । साथै बुधबार पनि सुन्धारास्थित काठमाडौं मल, न्युरोडको आरबि कम्प्लेक्स, रन्जना गल्ली, दरबारमार्ग, तथा कोटेश्वरमा रहेका अनधिकृत संरचना भत्काउन पुगेका थिए ।

त्यसैगरी बिहीबार पनि बालेनले बानेश्वरमा रहेको अल्फाबिटा कम्पलेक्समा बनेको अवैद्य संरचना हटाएका थिए । त्यहाँ अल्फाबिटाका घरधनी द्धिराज शर्मासँग उनको चर्काचर्की समेत परेको थियो । शर्माले घरको नक्शा आफुसँग नभएको भनेपछि बालेन महानगरमै आएर डोजरसहित नक्शा लिएर अल्फाबिटामा पुगेका थिए ।

महानगरले राजधानीका विभिन्न ठाउमा बनेका अबैद्य संरचना भत्काउन ३५ दिने सूचना यसअघि नै जारी गरेपनि घरधनीहरुले त्यसमा अटेर गरेपछि बालेन नगर प्रहरी प्रमुख राजनाथ पाण्डे र ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीसहित आफै ती स्थानमा पुगेर संरचना भत्काउने अभियानमा लागेका हुन् ।

अल्फाबिटामा डाेजर चलाएपछि बालेन्द्रले लेखे- मैले के बिराएँ ?

वि.सं.२०७९ भदौ १० शुक्रवार १३:४९ मा प्रकाशित

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...