back
CTIZAN AD

चितवनमा तरकारीमा विषादीको प्रयोग बढ्यो, सबैभन्दा बढी केरामा

वि.सं.२०७९ भदौ १४ मंगलवार

639 

shares

चितवन । विषादी अवशेष द्रुत प्रयोगशालामा प्रयोग गरिएका नमूनामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ । कृषि ज्ञान केन्द्र चितवन, भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८\७९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो ।

कृषि ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार आठ नमूना क्वारेन्टिनमा राखेपछि बिक्रीका लागि पठाइएको छ । सात सय २२ नमूना खानयोग्य रहेको उनले जानकारी दिइन् । कार्यालयका अनुसार बढी मात्रामा विषादी प्रयोग हुनेमा केरा रहेको छ । परीक्षणका क्रममा चार ठाउँबाट ल्याइएको केरा, तीन ठाउँबाट ल्याईएको हिउँदे सिमी र दुई ठाउँको काँक्रो नष्ट गरिएको उनले बताइन् । उनका अनुसार करेला, भेन्टा, बन्दा र भेडे खुर्सानी एक÷एक ठाउँबाट ल्याइएकोलाई नष्ट गरिएको हो ।

विषादीको अधिकतम प्रयोग र यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न, तरकारी, फलफूललगायत तत्काल उपभोग गरिने कृषि उपजमा रहने विषादीको अवशेष विश्लेषण गरी प्रचलित कानुन बमोजिम नियमन गर्न यो प्रयोगशाला निर्माण गरीएको हो । विसं २०७६ असोज ७ गतेबाट सञ्चालनमा आएको यस प्रयोगशालाले बिहान ३ बजेदेखि बिहान कै ६ बजेसम्म कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरमा सेवा दिँदै आएको छ ।

वि.सं.२०७९ भदौ १४ मंगलवार ०८:०९ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...