back
CTIZAN AD

माओवादी केन्द्र गोरखाको संयोजकमा भट्ट, को-को भए त इन्चार्ज र पालिका प्रमुख ?

वि.सं.२०७९ भदौ १४ मंगलवार

666 

shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको संयोजक विष्णुप्रसाद भट्ट चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश समितिको पाँचाँै पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए । गण्डकी प्रदेश समितिको सदस्य रहेका भट्ट यसअघि पार्टीको गोरखा जिल्ला समितिको उपाध्यक्ष थिए ।

जिल्ला समन्वय समितिको सचिवमा दीपक तिमेल्सिना (साकार) नाम प्रस्ताव गरिएको उनले जानकारी दिए । उक्त प्रस्तावलाई जिल्ला समन्वय समितिको बैठकबाट अनुमोदन गरिने केन्द्रीय सदस्य थापामगरले बताए । बैठकले गोरखा क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा अमर तुम र प्रदेशसभाअन्तर्गत १ (क) को इन्चार्जमा लेखबहादुर थापा, १ (ख) को इन्चार्जमा सुशीला सिंखडालाई चयन गरेको छ ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्तेल, प्रदेशसभा २ (क) को इन्चार्जमा कमला नहर्की, सहइन्चार्जमा पम्फा बसेल र २ (ख) को इन्चार्जमा दीपक देवकोटा र सहइन्चार्जमा भगवती तिवारीलाई चयन गरिएको केन्द्रीय सदस्य थापाले जानकारी दिए ।
गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङटार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, गण्डकी गाउँपालिकाको इञ्चार्जमा दीपक तिमिल्सिना, सहिद लखन थापा गाउँपालिकाको इञ्चार्जमा कृष्णबहादुर चेपाङ, भिमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोकप्रसाद बन्जरा (अक्कल) लाई चयन गरेको छ ।

सिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेल, आरुघाट गाउँपालिकाको इन्चार्जमा श्यामकुमार श्रेष्ठलाई चयन गरिएको पार्टीको जिल्ला संयोजक विष्णु भट्टले जानकारी दिए । धार्चे गाउँपालिकाको इन्चार्जमा छमबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, बारपाक सुलिकोटको इन्चार्जमा धामी बराम, अजिरकोट गाउँपालिकाको इन्चार्जमा अनिता भुजेललाई चयन गरिएको उनले जानकारी दिए ।

 

 

वि.सं.२०७९ भदौ १४ मंगलवार ०८:१९ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...