back
CTIZAN AD

सन् २०२४ को निर्वाचनमा बिपक्षीहरु एकजुट हुन्छौं–नितिश कुमार

वि.सं.२०७९ भदौ १९ आइतवार

900 

shares

पटना । बिहारका मुख्यमन्त्री नितिश कुमारले सन् २०२४ को लोकसभा चुनावका लागि विपक्षी हरू एकजुट हुने बताएका छन् । मणिपुरबाट जनता दल–युनाइटेड (जेडेयू) का पाँच जना विधायक सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेको एक दिनपछि शनिबार यसलाई ‘संवैधानिक’ हो कि होइन भनी सरकारसँग प्रश्न गरेका छन् ।

मुख्यमन्त्री नितिश कुमारले भने, “जब हामी एनडीएबाट अलग भयौं, मणिपुरका हाम्रा सबै छ जना विधायक आए र हामीलाई भेटे । उनीहरूले हामीलाई आश्वासन दिए कि उनीहरू जेडीयूमा छन् । हामीले के भइरहेको छ भनेर सोच्न जरुरी छ । उनीहरूले विधायकहरूलाई पार्टीहरूबाट अलग गरिरहेका छन्, के यो संवैधानिक हो ?”

“सन् २०२४ को चुनावका लागि विपक्ष एकजुट हुनेछ”, नीतिशकुमारले भने । शुक्रबार जेडेयूका पाँच विधायक भाजपामा विलय भएपछि बिहारका मुख्यमन्त्री नितिश कुमार र उनको पार्टीलाई ठूलो झट्का लागेको छ । भाजपाको विधान सभा सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मणिपुर विधानसभाका सभामुखले संविधानको दशौं अनुसूची अन्तर्गत जेडेयूका पाँच विधायकलाई भाजपामा विलय गर्न पाउँदा खुसी लागेको छ ।’

मुख्यमन्त्री नितिश कुमारले भाजपा परित्याग गरी तेजस्वी यादवको राष्ट्रिय जनता दल, काङ्ग्रेस र अन्य पार्टीहरूसँग मिलेर ‘महागठबन्धन’ गठन गरी बिहारमा शासन गरेको केही हप्तापछि पछिल्लो राजनीतिक घटनाक्रम सार्वजनिक भएको हो । घटनाक्रमबारे जानकारहरू भन्छन् भाजपाले हालै बिहारमा भएको घटनापछि जेडीयूमाथि जवाफी हमला गर्ने निर्णय गरेको छ । सन् २०२० मा भाजपा– जेडेयू गठबन्धनमा चुनाव लडे र नितिश कुमारलाई मुख्यमन्त्रीको पद दिएर सरकार गठन गरे ।

दुई वर्ष भन्दाकम समयमा नितिश कुमारले आफ्नो छनौटलाई उल्ट्याए र आश्चर्यजनक कदम चालेर बिहारमा ‘महागठबन्धन’ सरकार गठन गर्न आरजेडी र काँग्रेससँग गठबन्धन गरेका छन् । रासस÷एएनआई

वि.सं.२०७९ भदौ १९ आइतवार ०७:४१ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...