back
CTIZAN AD

गोर्बाचेभको अन्तिम बिदाइमा हजारौं सहभागी, पुटिन भने अनुपस्थित

वि.सं.२०७९ भदौ १९ आइतवार

690 

shares

मस्को । शीतयुद्ध अन्त्य गर्न र सोभियत संघको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई श्रद्धाञ्जलि दिन शनिबार हजारौंको सङ्ख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध भएका छन् ।

क्रेमलिनले राजकीय अन्त्येष्टिको घोषणा गर्न इन्कार गर्नु गोर्बाचेभको ‘विरासत’को बारेमा उसको बेचैनीलाई प्रतिबिम्बित गरेको छ । गोर्भाचेभलाई कट्टर साम्यवादी शासनको विकल्पमा उभ्याएकोमा विश्व समुदायको मिश्रित प्रतिक्रिया रहने गरेको छ । कम्युनिष्ट समाजवादी धारले उनलाई सोभियत संघ बिघटनको दोषी मान्ने गरेको छ भने अमेरिकालगायगतका उ प्रसंशा गर्ने गरेका छन् ।

सोभियत संघको पतन र त्यसपछिको आर्थिक मन्दीको लागि सोभियत संघमा धेरैले उनको आलोचना गर्नेगरेका छन् । उनको कदमले रूसी जनतालाई गरिबीमा डुबाएको बुझाई रूसीहरूको रहेको छ । गत बिहीबार पुटिनले मस्कोको एक अस्पतालमा गोर्बाचेभको कफिनमा निजी रुपमा पुष्पगुच्छा अर्पण गर्दै गोर्भाचेभको ‘अन्तिम विदाई’ गरेका थिए । क्रेमलिनले राष्ट्रपतिको व्यस्तताले उन िअन्त्येष्टि कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।

पुटिन कुन खास काममा व्यस्त रहेको भनी सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार पत्रकारहरूसँग भने, “राष्ट्रपति पुटिनले शृङ्खलाबद्ध बैठकहरू, अन्तर्राष्ट्रिय फोन कलहरू गर्नेछन् र अर्को हप्ता रूसको सुदूर पूर्वमा एक व्यापार मञ्चको लागि तयारीको कार्यक्रम छ ।
९१ वर्षको उमेरमा मंगलबार निधन भएका गोर्बाचेभलाई उनकी पत्नी रायसाको छेउमा रहेको मस्कोको नोभोडेभिची चिहानमा अन्त्येष्टि गरिनेछ । उनलाई हाउस अफ द युनियन्सको पिलर हलमा बिदाइ समारोहपछि अन्त्येष्टि गरिनेछ । (रासस÷एपी)

वि.सं.२०७९ भदौ १९ आइतवार ०७:४९ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...